सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडमाथिको कारोबार

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ९४ करोडमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसदिन परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दुमा अडिएको छ। सो दिन परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको पुगेको थियो। सो दिन २ अर्ब  ८३ करोड बराबरको कारोबार भएको थियो।

नेप्से घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५९ वटा स्क्रिप्सको ७७ लाख २७ हजार  ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख  ४ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन स्नो रिभर्स,तस्कर पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १०.७६ प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढ्दा १७० वटाको घट्यो। २० वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

होटल्स एण्ड टुरिजम,हाइड्रोपावर,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र  ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.