लाहानमा अवरुद्ध मतगणना सुरु

लाहानमा अवरुद्ध मतगणना सुरु

सिरहा : विवादका कारण अवरुद्ध बनेको लहान नगरपालिकाको मतगणना बिहानबाट सुरु भएको छ । वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष रामदयाल महतोले ८ मतले जितेपछि फोरमका प्रतिनिधिले गडबड गरेको भन्दै पुनः मतगणनाको माग गरेपछि हिजो दिउँसो १ बजेबाट अवरुद्ध बनेको थियो ।

 

मंगलवार राति बसेको सर्वदलीय बैठकबाट विवादित वडाको मतपेटिका पोका पारेर राख्ने र आयोगले जे निर्णय गर्छ, उही मान्ने भनेर दलका प्रतिनिधिहरुबीच सहमती बनेपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय लहानले जनाएको छ । अहिले वडा नम्बर १, ४ र ६ मतगणना जारी छ । वडा नम्बर २ र ८ को मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका वडाध्यक्ष सियाराम यादब मंगलवार नै निर्वाचित भए भने आज बिहान वडा नम्बर ८ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्ष विजयकुमार महतोको प्यानल नै निर्वाचित भएको छ ।

लहान नगरपालिकामा एमालेका मेयर उम्मेदवार मुनी साह अग्रता कायम राखेका छन् । उनले १६ सय १६ मत ल्याएर अगाडी छन् । उनलाई राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार अचमितलाल चौधरी १२ सय ८८ मत ल्याएर तेस्रो स्थानमा छन्।

यसैबीच कर्जन्हा गाउँपालिकामा पनि मंगलवार दिउँसोबाटै अवरुद्ध बनेको मतगणना रातिबाट सुरु भएको छ । निर्वाचन आयोगले बढी फेला परेको मतलाई पनि वैध मानेर गणना गर्न भनेपछि सोही अनुसार मतगणना अगाडी बढाएको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादबले बताइन् ।
तर एमालेले आयोगको निर्णय नमानेर आफ्ना प्रतिनिधिलाई मतगणना स्थलबाहिर बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.