जलेश्‍वरबाट फोरमले जितको यात्रा सुरु गर्‍यो

जलेश्‍वरबाट फोरमले जितको यात्रा सुरु गर्‍यो

महोत्तरी :  महोत्तरीको गौशाला नगरपालिका २ को वडाअध्यक्षमा संघीय समाजवादी फोरम विजयी भएको छ । संघीय समाजवादीका शेष सलाम ९११ मत प्राप्त गरी विजयी भएका हुन् । उनकाको निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत साह ६४८ मत प्राप्त गरेका छन् ।

जलेश्वर नगरपालिका-१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका-१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, उनका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका हुन् । यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 

यस्ताे छ नयाँ परिणाम 

महोत्तरीको बर्दिवास नपा : प्रमुख/उपप्रमुख नेका : २००१/१४८७

एमाले :१०२३/१६१५

माके :११६३/११२२

(वडानम्बर १,२,१४ को मतगणना सकियो)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.