सर्लाहीमा ४६ वटा वडाको मतपरिणाम सार्वजनिक, माओवादी अग्रस्थानमा

सर्लाहीमा ४६ वटा वडाको मतपरिणाम सार्वजनिक, माओवादी अग्रस्थानमा

मलंगवा: सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। मतगणनाको दोश्रो दिनसम्म सर्लाहीका विभिन्न स्थानीय निकायका ४६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ। 

दिउँसो दुईबजेसम्म सार्वजनिक मतपरिणाम अनुसार १२ वटा वडा जितेर माओवादी अग्रस्थानमा छ। कांग्रेस ११ वडामा विजयी भएर दोश्रो स्थानमा छ। राजपा नेपालले ८ वटा वडामा विजयी हाँसिल गरेको छ। त्यसैगरी एमाले ७ र संघीय समाजवादी फोरम ५ वटा वडामा विजयी भएका छन्। दुई स्वतन्त्र उम्मेदवारले पनि विजयी भएका छन्।

बाग्मति नगरपालिका वडा १ मा गम्भिर सिंह पाख्रिन, २ मा डेमा लामा र ३ मा तिलक मोक्तान विजयी भएका छन्। विजयी तीनै जना माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए। हरिवन नगरपालिका वडा १ मा एमालेका राम बहादुर क्याप्छाकी, २ मा एमालेकै अर्जुन महतो विजयी भएका छन्। ३ नम्बरमा स्वतन्त्र उम्मेदवार दिपमान लोप्चन विजय भएका छन् भने ४ मा एमालेका धन बहादुर वाइवा विजयी भएका हुन्।

मलंगवा नगरपालिकाको वडा नं. १ मा राजपाका राजकिशोर राय विजयी भएका छन्। हरिपूर्वा नगरपालिकाको वडा नं. १ मा एमालेका इसाक मिया अंसारी, २ मा काँग्रेसका पुरषोत्तम राय र ३ मा माओवादीका धनराज महतो विजयी भएका छन्। गोडैता नगरपालिकाको वडा नं. १ मा राजपाका रमेश कुमार यादव, २ मा राजपाका भोला महतो र १२ मा काँग्रेसका शम्भु प्रसाद कुशवाहा विजयी भएका छन्।

हरिपुर नगरपालिकाको वडा नं. १ मा एमालेका कुमार लामा विजयी भएका छन्। कौडेना गाउँपालिका वडा नं. १ मा काँग्रेसका मनोज साह, २ मा भिखारी ठाकुर र ३ मा राजपाका प्रभु चौधरी विजयी भएका छन् । चन्द्रनगर गाउँपालिका वडा नं १ मा राजपाका बच्चे राय यादव विजयी भएका छन्।
धनकौल गाउँपालिकामा वडा नं. १ मा काँग्रेसका गौरी शंकर महतो, २ मा काँग्रेसकै राम बहादुर सहनी र वडा नं. ३ का काँग्रेसकै रामलखन राय विजयी भएका छन्।

बसबरियाका गाउँपालिका वडा नं. १ मा राजपाका शिबेन्द्र मोहन यादव विजयी भएका छन् । चक्रघट्टा गाउँपालिका वडा नं. १ मा काँग्रेसका रामनाथ भारती र वडा नं. ९ मा काँग्रेसकै रामेश्वर ठाकुर विजयी भएका छन्। ब्रहम्पुरी गाउँपालिका वडा नं. १ राजपाका नगिना प्रसाद विजयी भएका छन्। विष्णु गाउँपालिकाको वडा नं. १ मा माओवादीका जितेन्द्र प्रसाद सिंह, २ मा संघिय समाजवादी फोरमका संजय कुमार साह, ७ मा माओवादीकै सत्य नारायण प्रसाद यादव र ८ बाट स्वतन्त्र उम्मेदवार गणेश राय यादव विजयी भएका छन्। रामनगर बहुअर्वा गाउँपालिका वडा नं. १ मा राजपाका दिनेश मिश्र विजयी भएका छन्।

बरहथवा नगरपालिका वडा नं. १ माओवादीकी रचनी गिरी, २ मा माओवदीकै यज्ञ खडका, १६ मा काँग्रेसका नविन खनाल, १७ मा संघिय समाजवादी फोरमका राम विश्वास यादव र १८ मा फोरमकै मुनेश्वर राय विजयी भएका छन्। कविलासी नगरपालिका वडा नं. ६ मा माओवादीका कोदैइ मुखिया विजयी भएका छन्।

बलरा नगरपालिका वडा नं. १ मा काँग्रेसका संतोष कुमार सिंह, ११ मा राजपाका योगेश्वर प्रसाद सिंह विजयी भएका छन। पर्सा गाउँपालिका वडा नं. ६ मा संघिय समाजवादी फोरमका नन्दु राय र ५ मा फोरमकै उमेश कुमार राय विजयी भएका छन। लालबन्दी नगरपालिका वडा नं. २ मा माओवादीका किरण पासवान र ३ मा माओवादीकै रामनारायण चौधरी विजयी भएका छन। इश्वरपुर नगरपालिका वडा नं. १ मा माओवादीका दुखा प्रसाद चौधरी विजयी भएका छन । २ मा एमालेकी सुरेन्द्र कार्की, ३ मा एमालेकै सुर्य कुमार श्रेष्ठ विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.