लहान नगरपालिकाको मतगणना पुनः अवरुद्ध

लहान नगरपालिकाको मतगणना पुनः अवरुद्ध

लहान: लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ। लहान नगरपालिका-५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका प्रतिनिधिले लिएपछि मतगणना कार्य पुनः अवरुद्ध भएको हो।

कांग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मत परिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन्। विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ। विवादका कारण लहान नगरपालिकाको मतगणना कार्य दोस्रो पटक रोकिएको छ।

यसअघि मंगलबार लहान नगरपालिका ३ नं वडाको मतगणनाप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणना गर्नुपर्ने माग संघीय समाजवादी फोरमले अघि सारेपछि मतगणना अवरुद्ध भएको थियो। दलसँग सहमति भएपछि आज बिहानदेखि पुनः मतगणना शुरु भएको थियो।

वडा नं ५ को मत परिणाम घोषणा नहुञ्जेलसम्म आफ्नो प्रतिनिधि नपठाउने एमालेका नेताले बताएका छन्। उजुरीपछि ४ र ६ नं को मतगनणासमेत रोकिएको छ। अहिले एमाले कार्यकर्ताले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरे। यता सहायक निर्वाचन अधिकृत पवन गुप्ताले दलसँग मतगणना पुनः थाल्न छलफल भइरहेको बताउनुभएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.