सर्लाहीको धनकौलमा गाउँपालिकामा कांग्रेस विजयी
मलंगवा : सर्लाहीको धनकौल गाउँपालिकमा काँग्रेसका रामाश्रे साह अध्यक्षमा विजयी भएका छन् । साहले ४ हजार ५ सय २१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ४ सय ६१ मत ल्याएर विजयी भएकी छिन् ।
साहले माओवादी केन्द्रका गौरीशंकर साहलाई १ हजार २ सय ३९ मतले हराउँदै विजयी भएको छ । माओवादीको गौरीशंकर साहले ३ हजार २ सय ८२ प्राप्त गरेका थिए ।
त्यसैगरी ७ वटा वडा रहेका धनकौलमा ४ वटा वडा माओवादी र ३ वटा वडा काँग्रेसले जितेका छन् । यस भन्दा अगाडी विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव विजयी भएका छन् ।