जीतपुरसिमरामा एमालेको अग्रता कायमै
बाराः जीतपुर सिमरा उपमहानगरपालिकामा सुरु देखि नै अग्रता लिएको नेकपा एमाले अहिले पनि सबै भन्दा अगाडि छ। उपमहानगरपालिकामा एमालेका तर्फबाट मेयरका पदका उम्मेदवार डा. कृष्ण पौडेलले ५ हजार ३ सय५० मत ल्याएका छन्।
उनलाई माओबादीका मेयर पदका उम्मेदवार राजन पौडेलले ४४१०मतका साथ पछ्याइरहेका छन्। तेस्रोमा रहेका कांग्रेसका उम्मेदवार कृष्णव्रत सिंहले ३५३४ मत ल्याएका छन् भने राजपाका उम्मेदवार अखिलेश सिंहले १९१ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा पनि एमालेका उम्मेदवारको अग्रता कायमै छ। एमाले उम्मेदवार सरस्वती चौधरीले ४८४२ मत प्राप्त गरेकी छिन्। कांग्रेस उपमेयर उम्मेदवार नारायणी रायमाझीले ४४४४, माओबादी उपमेयर उम्मेदवार गायत्रीदेवी थरुनीले ३८४२ र राष्ट्रिय जनता पार्टीका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्ररेखा चौधरीले १८५ मत प्राप्त गरेकी छिन्।