‘राजनीतिक ध्रुविकरणले स्वस्थ प्रतिपष्पर्धा'

‘राजनीतिक ध्रुविकरणले स्वस्थ प्रतिपष्पर्धा'

रुकुम : गृहमन्त्री जनार्दन शर्माले राजनीतिक ध्रुविकरणले नेपाली राजनीतिमा स्वस्छ प्रतिष्पर्धा हुने बताएका छन्। पूर्वी रुकुम जिल्लाको सरकारी कार्यालय उद्घाटन गर्न रुकुमकोट पुगेका शर्माले बाम शक्ति र लोकतान्त्रिक शक्ति निर्माण भई यी बीच राजनीतिक प्रतिष्पर्धा कायम हुने बताए। बाम ध्रुविकरणले देशको आवश्यकता भएको उनले बताए।

 

रुकुम जिल्लालाई भौगोलिक, राजनैतिक र प्रशासनिकरुपमा विभाजन गर्नु जनताको आवश्यकता र माग भएको समेत बताए। करिब ४४ वर्ष अगाडि २०३० साल वैशाख ३ गते रुकुम जिल्लाको सदरमुकाम रुकुमकोटबाट मुसिकोट सारिएको थियो। त्यसपछिका सबै वर्षहरुमा रुकुमकोटवासीहरुले सदरमुकाक रुकुमकोटमै रहनुपर्ने माग गर्दै आएका थिए। २०३० साल वैशाखमै रुकुमकोट राख्नुपर्ने आन्दोलनमा एक जनाको ज्यान गएको थियो।

तत्कालीन सरकारले देशद्रोहीको मुद्वा लगाएको थियो। तर रुकुमकोट सदरमुकाम बन्ने भएपछि रुकुमकोटवासी खुसी भएका छन् भने जनतामा समेत ठूलो उत्साह देखिएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले तीनवटा गाउँपालिका रहेको पूर्वी रुकुम जिल्ला प्राकृतिक स्रोत साधनका हिसाबले धनी मानिन्छ तर राजनीतिक चेतना र भौतिक पूर्वाधारका हिसाबले भने गर्नुपर्ने धेरै कामहरु बाँकी रहेको भन्दै विकासका लागि प्रतिवद्वता जनाएका छन्।

कार्यक्रममा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, पूर्व आपूर्ती मन्त्री एव्म रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुन र पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सांसद दलजित श्रीपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.