कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौँ: पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।बैठक शुक्रबार विहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेसले जनाएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल हुने सहमति भएपछि कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धनका लागि पहल सुरु गरेको छ। दुर्इ दिन लगातार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।
केन्द्रीय समितिको बैठकमा आसन्न निर्वाचनको तयारी र उम्मेदवार चयनबारे छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।