कैलालीबाट आरजुुसहित २४५ उम्मेदवारको नाम सिफारिस

कैलालीबाट आरजुुसहित २४५ उम्मेदवारको नाम सिफारिस

शिबराज भट्ट: धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाको नाम कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाका लागि सिफारिस भएको छ। नेपाली कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा आरजुको नाम प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको हो।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले फराकिलो अन्तरले विजयी भएको क्षेत्र हो। कांग्रेसको प्रभाव क्षेत्र मानिने क्षेत्र नं. ५ मा आरजुको नाम सिफारिस भएपछि थप चासोका रुपमा हेरिएको छ।

केन्द्रले उमेदवारको नामावली पठाउनका लागि तोकेको समयको दुई दिनपछि जिल्ला कार्यसमितिले क्षेत्र नम्बर ५ बाट आरजु राणा देउवासहित ६ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो। कांग्रेसले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २४५ जना उमेदवारको नामावली केन्द्रमा पठाएको कांग्रेस कैलालीका उपसभापति प्रकाश बहादुर बमले जानकारी दिए।

क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पार्टी सचेतक ईश्वरी न्यौपाने, नारायण दत्त मिश्र, चन्द्रसिंह भट्टराई र बुद्धिसागर चौधरीसहित ८ जनाको नाम सिफारिस भएको छ भने समानुपातिकमा बौनीयाका विरबहादुर हमालसहित ५ जनाको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट शेवकराम चौधरीसहित पाँच जना र समानुपातिकमा १५ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश क्षेत्र नम्बर २ बाट राजकुमार हमाल, जंगबहादुर साउदसहित ९ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा १७ जनाको नाम पठाईएको छ।

निर्वाचन क्षेत्र नंं २ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कमलबहादुर शाह, हिमबहादुर रावल र विजयबहादुर स्वारको नाम केन्द्रमा सिफारिस गरेको छ भने समानुपातिकमा तीन जनाको नाम सिफारिस गरेको छ। यस्तै क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र १ मा प्रत्यक्षतर्फ देवानन्द जैशी, सीबा थापा सहित १२ जना र १४ जनाको नाम समानुपातिकमा सिफारिस गरेको छ । प्रदेश क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ जनक बम, उत्तम जोशी सहित ८ जना र समानुपातिकमा १४ जनाको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मोहनराज मल्ल, खेमराज डँगौरा थारु, निवर्तमान जिल्ला अध्यक्ष गोविन्दराज जोशी र परशुराम चौधरीको नाम सिफारिस गरिएको छ भने तीन जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। ३ नम्बर क्षेत्रको प्रदेश सभाका लागि १ नम्बर क्षेत्रबाट पार्टी सचिव दिपकराज जोशी, रामचरण चौधरी सहित १० जना र ११ जना समानुपातिकमा सिफारिस गरिएका छन । प्रदेश सभाकै लागि क्षेत्र नंं २ बाट भीम बडुवाल सहित ५ जना र गोमा आचार्य जोशी सहित ५ जना समानुपातिकमा सिफारिस भएका छन।

क्षेत्र नंं ४ बाट प्रनिनिधि सभा प्रत्यक्षतर्फ पार्टीका उपाध्यक्ष प्रकाश बहादुर बम, प्रदिप जोशी, डा.लक्ष्मीराज पाठक, शुनील कुमार भण्डारी र हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ भने वर्तमान सांसद दिर्घराज भाट, लक्ष्मी भण्डारी र सुरतबहादुर कार्कीलाई समानुपातिकमा सिफारिस गरिएको छ। यस्तै प्रदेश क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा( स्थानीय), दिनेशराज जोशी सहित ६ जना र समानुपातिकमा ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । प्रदेश क्षेत्र नम्बर २ बाट लोकराज पाण्डे ‘आगो', गोपाल देउवा सहित १० जना र बीरबहादुर हमाल, तुलसा देवकोटा सहित १५ जनाको नाम समानुपातिकमा सिफारिस भएको छ।

यस्तै क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ आरजु राणा देउवा, बर्तमान सांसद पुष्करनाथ ओझा, शुनीलकुमार भण्डारी, बर्तमान समानुपातिक सांसद प्यारेलाल राना, गणेश देउवा र क्षितीज भण्डारीको नाम सिफारिस गरिएको छ। समानुपातिकमा भने एक जना मात्रै दिव्यश्वरी शाहलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर ५ को प्रदेश क्षेत्र नम्बर १ बाट भने आनन्दराज जोशी, जीवन राना, नारायण दत्त भट्टसहित ७ जना र समानुपातिकमा ६ जनाको नाम सिफारिस भएको छ ।

प्रदेश क्षेत्र नम्बर २ बाट पार्टी सभापति नरनारायण शाह, उत्तमबहादुर कठायत, कृष्णबहादुर महरा सहित १५ जनाको नाम सिफारिस भएको र १७ जनाको नाम समानुपातिकमा सिफारिस भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.