पूर्व सांसद एवम् साहित्यकार जबराको निधनप्रति नेकाद्वारा दुःख व्यक्त

पूर्व सांसद एवम् साहित्यकार जबराको निधनप्रति नेकाद्वारा दुःख व्यक्त

काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ। जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो। उनको निधनप्रति नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षरित विज्ञप्तिमा पार्टीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

काठमाडौँको बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बबाट आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए। विसं २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए।

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका स्व राणा २०१७ सालको ‘कु' पछि गोरखा परिषदका सबै नेताहरुका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए। स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए। उनको साहित्यिक कृति ‘नरसिंह अवतार' चर्चित कृतिका रुपमा रहेको छ।

उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए। स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.