संविधान कार्यान्वयन पछि अधिकार सुरक्षित: मन्त्री मण्डल

संविधान कार्यान्वयन पछि अधिकार सुरक्षित: मन्त्री मण्डल

लहानः आपूर्तिमन्त्री शिवकुमार मण्डलले संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुने बताएका छन्। बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले भने, “संविधान कार्यान्वयनका लागि सरकारले सङ्घ र प्रदेश सभाको निर्वाचन गराउनेतर्फ अगाडि बढिरहेको छ।”

मन्त्री मण्डलले संविधानको सफल कार्यान्वयनबाट मात्र सबै नेपालीको अधिकार पूरा हुने बताउँदै स्थानीय तह जस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सफल बनाउन सबैमा आग्रह गरे।

सिरहा नगरपालिका– ९ स्थित सिरहा बहिरा संघको परिसरमा करिब रु ४० लाखको लागतमा निर्माण भएको नयाँ भवनमा छात्रावाससहितको सुविधा रहेको सिरहा बहिरा संघले जनाएको छ। सो भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र अन्य विभिन्न संघ संस्थाले सहयोग गरेका छन्।

सिराहा बहिरा संघद्वारा २०५४ सालमा स्थापना भएको उक्त बहिरा विद्यालयलाई २०६३ सालमा आएर जिल्ला शिक्षा कार्यालयले अनुमोदन गरेको थियो।

कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन्। तीमध्ये एकजना जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दरबन्दीमा छन् भने बाँकी पाँचजना शिक्षक प्राथमिक कान उपचार केन्द्रको आम्दानीबाट तलब खाँदै आएको सो विद्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.