फोरम अध्यक्ष यादव मोरङ ५ बाट सिफारिस
विराटनगर: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं-५ बाट सिफारिस गरिएको छ।सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए।
पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र-५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन। सिरहा जिल्लाको क्षेत्र नं-१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ।
साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराए।