दोलखामा १६ दलले गरे उत्साहपूर्ण उम्मेदवारी दर्ता
चरीकोट : मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दोलखामा उल्हासपूर्ण ढंगबाट दलहरुले उम्मेद्ववारी दर्ता गराएका छन्। दलबलसहित आधादर्जन दलहरुले आफ्नो उम्मेद्ववारी दर्ता गराएका हुन्।
एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको लागि दोलखामा स्वतन्त्रसहित ३९ जनाले उम्मद्ववारी दर्ता गराएका छन्। प्रतिनिधिसभाका लागि स्वतन्त्रसहित १५ जनाले उम्मेद्धवारी दर्ता गराएका छन् भने प्रदेश सभाका लागि स्वतन्त्र सहित २४ जना उम्मेद्ववारले नामदर्ता गराएका छन्। यस्तै १६ वटा पार्टीले उम्मेद्ववारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय दोलखाका रविन कार्कीले जानकारी दिए ।
जस्मा प्रतिनिधिसभाको लागि नेपाली काँग्रेस दोलखाले पार्टी सभापति रुद्रबहादुर खड्काले उम्मेद्ववारी दर्ता गराएका छन् भने प्रतिनिधिसभाको लागि १ नम्बर क्षेत्रमा बर्मा लामा र २ मा केशवराज चौलागाइले उम्मेद्ववारी दर्ता गराएका छन्। नेपाली कांग्रेसलाई राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिकले पनि समर्थन गरेका छन्।
यता वामगठबन्दन बाट प्रतिनिधिसभाका लागि पार्वत गुरुङले उम्मेद्ववारी दर्ता गराएका छन्। गठबन्दनको तर्फ बाट प्रदेश सभाको लागि क्षेत्र१ बाट माओवादी नेता विशाल खड्का र २ नम्बर क्षेत्र बाट एमाले नेता पशुपति चौलागाईले उम्मेद्ववारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय दोलखाले जनाएको छ।