रोल्पामा पूर्वअर्थमन्त्री र राज्यमन्त्रीको प्रतिस्पर्धा

रोल्पामा पूर्वअर्थमन्त्री र राज्यमन्त्रीको प्रतिस्पर्धा

रोल्पा : प्रतिनिधिसभा निर्वाचनमा रोल्पामा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ र सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ। मुख्या निर्वाचन अधिकृतकको कार्यालयमा वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता अनन्तले र कांग्रेसबाट पुनले उम्मेदवारी दर्ता गराएपछि दुईबीच प्रतिस्पर्धा हुने चर्चा हुन थालेको छ। माओवादीको उद्गमथलो मानिने यहाँ वामगठबन्धको सहमती अनुसार प्रतिनिधिसभा र प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवार उठाएको छ। एमालेका पोलिट ब्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा नेता अनन्तले उम्मेदवारी दिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

 

२०६४ र २०७० को दुवै निर्वाचनमा माओवादी केन्द्र यहाँबाट विजयी भएको थियो। नौ गाउँपालिका र एक नगरपालिका मध्ये माओवादी सात, एमाले दुई र कांग्रेसले एक गाउँपालिका जितेको अवस्था छ। विगतको चुनावी मत परिणाम अनुसार जिल्लामा माओवादी केन्द्र पहिलो, कांगे्रस दोस्रो र एमाले तेस्रो दल मानिन्छन्। वाम गठबन्धनपछि भने माओवादी केन्द्रका उम्मेदवारको पक्षमा भारी मत हुने उम्मेदवार अनन्तले दाबी गरे। उम्मेदवारी पश्चात चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार अनन्तले भने, ‘वामगठबन्धनको जित निश्चित छ। चुनाव भएर घोषणा हुन मात्र बाँकी हो। हामीले जितिसक्यौं ।’

प्रदेशसभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी निर्वाचन क्षेत्र क र ख बाट दीपेन्द्र पुन उम्मेदवार बनेका छन्। नेपाली कांगे्रसबाट निर्वाचन क्षेत्र क बाट शेरबहादुर महरा र ख बाट खगेन्द्र हमाल उम्मेदवार रहेको जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले जानकारी दिए। कांग्रेसले राप्रपा कमल थापासहित तालमेल गरेको छ।

एमाले र माओवादी वाम गठबन्धनले बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेको थियो। नेपाली कांग्रेसले पार्टी कार्यालयमा उम्मेदवार प्रस्ताव गरिएकासँग सामुहिक तस्बिर खिचाएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

यहाँ एकीकृत राप्रपा (राष्ट्रवादी) ले पनि उम्मेदवारी दिएको छ। प्रतिनिधि सभाका लागि रामबहादुर ओली, प्रदेशसभाका लागि दलवीर पुन र खिरबहादुर डाँगी उम्मेदवार रहेका छन्। देशभक्त जनगणतन्त्रवादी मोर्चाका कुमार शाह प्रतिनिधिसभा र टिकामन बुढा र मोतीराम बुढा प्रदेश सभाका उम्मेदवार बनेका छन्। मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजमोबाट प्रतिनिधिसभाका लागि मेघनाथ विष्ट र प्रदेश सभाका लागि वीरबहादुर विष्ट र धनबहादुर डाँगीले उम्मेदवारी दिएका छन्। मंगोल नेशनल अर्गनाईजेशन, नयाँ शक्ति र संघीय समाजवादी फोरमले पनि उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.