मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त, सचिवको जिम्मेवारी हेरफेर

मुख्य सचिवमा लोकदर्शन रेग्मी  नियुक्त, सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं  : नेपाल सरकारको मुख्य सचिवमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । मुख्य सचिवका लागि रेग्मीसहित प्रधानमन्त्री कार्यालयका सचिवद्वय शंकर अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय प्रतिस्पर्धामा थिए ।

उपाध्याय र अधिकारी दुवैलाई पछि पार्दै रेग्मी बुधबारदेखि लागु हुने गरी तीन वर्षका लागि नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका हुन ।

मुख्य सचिव नियुक्तीसँगै सरकारले सचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ। जस अनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिव, मुख्य सचिवको दौडमा रहेका शंकर अधिकारी अर्थ सचिव र अर्का मुख्य सचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयमा, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयमा, पशुपंक्षीका युवकध्वज जिसीलाई वनमन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासनको जिम्मेवारी रेश्मीराज पाण्डेलाई दिइएको छ ।

सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरी तत्कालका लागि पूर्वसचिव युवराज भूषाललाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिएको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.