दुई मन्त्री चुनाव लड्दै

दुई मन्त्री चुनाव लड्दै

बैतडी : बैतडीमा वहालवाला राज्यमन्त्री र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र एमाले र माओवादीको बामगठबन्धनबाट एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका हुन् ।

 

लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका चन्द र बाम गठबन्धनबाट उम्मेद्वार बनेका भण्डारी २०७० सालको निर्वाचन विजयी भएका थिए । त्यो बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं २ बाट कांग्रेसका नरबहादुर चन्द र क्षेत्र नं १ बाट एमालेका दामोदर भण्डारीले चुनाव जितेका थिए । निर्वाचन क्षेत्र निर्धारण आयोगले बैतडीमा प्रतिनिधि सभाका लागि एक मात्रै क्षेत्र बनाएपछि दुवै नेता प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका हुन् ।

आइतबार मनोनयन दर्ता पछि प्रतिनिधिसभामा दुवै नेता चुनाव जित्ने दाबी गरेका छन् । प्रतिनिधिसभाका लागि दुवै उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने आँकलन समेत गरिएको छ । ‘लोकतन्त्रको रक्षाको लागि प्रजातान्त्रिक शक्ति एक भएर चुनावी मैदानमा उत्रेको हौं । लोकतन्त्र चाहने नागरिकले मलाई भोट दिन्छन् ।'काँग्रेस उम्मेद्वार नरबहादुर चन्दले भने, ‘लोकतान्त्रिक संविधान निर्माण गरेका छौं ।

त्यसको कार्यान्वयनका लागि लोकतन्त्रवादीका जीत आवश्यक छ ।' यता बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका एमाले नेता दामोदर भण्डारीले आफूले चुनाव जित्ने दाबी गरेका छन् । ‘बाम गठबन्धन कसैप्रति लक्षित छैन । यो देशको राष्ट्रिय आवश्यकता हो । बाम गठबन्धनबाट हामी चुनाव जित्छौं ।'उनले भने, ‘संविधान निर्माणको बेला संसद र सरकारमा रहँदा भूमिका निभाएको हुँ । संविधान कार्यान्वयनको भूमिका पनि जनताले दिनेछन् ।'

बहालवाला राज्यमन्त्री र पूर्वराज्यमन्त्री चुनावी मैदानमा देखिएपछि अहिले कसले बाजी मार्ला भन्ने बहस हुन थालेको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा नेपाली कांग्रेसले राप्रपासँगको गठबन्धन गरेको छ । कांग्रेसँगको चुनावी तालमेललाई राप्रपाले आफ्नो अस्तित्वको बिषयसँग जोडेको राप्रपाका नेता नन्दराज भट्टले बताए । उनले भने ‘प्रजातान्त्रिक शक्ति एक भयौं भने कसैले हामीलाई जित्न सक्तैनन् । राजनीतिक इमान्दारीता प्रर्दशन गर्ने बेला आएको छ ।'

दशबर्षे सशस्त्र द्वन्द्वबाट आएको माओवादीसँगको सहकार्य एमालेका लागि चुनाव जित्ने सहज बाटो हुने नेताहरुले बताइरहेका छन् । ‘हाम्रो एकै विचारधारा छ । एकै सिद्धान्त छ । अहिले सम्म फरक बाटो हिडेका थियौं । अब एक बाटोमा हिडेका छौं । हाम्रो जीत सुनिश्चित छ ।'बामगठबन्धनका तर्फबाट प्रदेशसभाका लागि बैतडी क्षेत्र (क)बाट उम्मेद्वार बनेका प्रेमप्रकाश भट्टले भने ।

जिल्लामा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनसँगै दुवैजना मन्त्री भएकाहरु चुनावी मैदानमा आएपछि परिणामका बारेमा यसै होला भन्ने आँकलन गर्न नसकिएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘अहिले दलहरु भिन्न तरीकाले चुनावी मैदानमा उत्रेका छन् । जनता सामु आफ्ना एजेण्डा कसरी प्रस्तुत गर्छन् । त्यसले निर्वाचन परिणामलाई निर्धारण गर्नेछ ।'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.