ताप्लेजुङमा २३ जनाको प्रतिस्पर्धा : योगेश भट्टराई र केशव दाहालबीच प्रतिस्पर्धा
ताप्लेजुङ : ताप्लेजुङमा एक उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवार डिल्लीराम प्रसाईंले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका थिए । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा आठ दलका २३ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई, कांग्रेसका केशवप्रसाद दाहाल, नयाँ शक्तिका चन्द्र साँवालगायत प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा एमाले—माओवादी केन्द्र गठबन्धन र कांग्रेसबीच हुने देखिएको छ ।