भोट माग्न दोलखाबाट राजधानी !

भोट माग्न  दोलखाबाट राजधानी !

चरीकोट : उम्मेदवारी दर्ताको दिन चहलपहल बढेको दोलखा फेरि सुनसानजस्तै भएको छ। उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि राजधानीबाट आएका नेता तथा कार्यकर्ता उतै फर्केपछि निर्वाचनको चहलपहल घटेको हो। पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोट माग्न गाउँ पस्नुपर्ने नेताहरू राजधानी नै फर्केका छन्। स्थानीय नेता तथा कार्यकर्ता चरीकोटका चिया पसलमा निर्वाचनको चर्चा मात्र गरेर बसिरहेका छन्।

 

उम्मेदवारहरू राजधानीबाटै भोट माग्न व्यस्त देखिएका छन्। कांग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका रुद्रबहादुर खड्काले राजधानीमा रहेका दोलखालीसँग भेटघाटका लागि गएको बताए। धेरै दोलखाली राजधानीमै रहेकाले पहिलो प्राथमिकतामा गाउँभन्दा राजधानीलाई राखेको उल्लेख गर्दै उनले केही दिनपछि गाउँ पस्ने जानकारी दिए।

कांग्रेसबाटै प्रदेशसभामा उम्मेदवार बनेका बर्मा लामा पनि राजधानी नै फर्केका छन्। उनले पनि राजधानीमा रहेका मतदातासँग भेटघाटका साथै प्रचार सामग्री निर्माणका लागि गएको टेलिफोनमा बताए। वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका एमाले नेता पार्वत गुरुङले कार्यतालिकाअनुसार नै राजधानी पुगेको सुनाउँदै पार्टीको सम्पर्क मञ्चको कार्यक्रममा सहभागी भएर जिल्ला फर्कने बताए। राजधानीमा रहेका नेता तथा कार्यकर्तासँग भेट गरी भोट माग्ने र सल्लाह लिने कार्यक्रम रहेको उनले जानकारी दिए।

पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोट माग्न गाउँ पस्नुपर्ने नेताहरू राजधानी नै फर्केका छन्।

वाम गठबन्धनबाटै प्रदेशसभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता विशाल खड्काले दोलखाको एकतिहाइ मतदाता राजधानीमा रहेकाले उनीहरूलाई प्राथमिकतामा राखेर भेट्न पुगेको बताए। पार्टीको सम्पर्क मञ्चमा वाम गठबन्धनको संयुक्त भेटघाटको कार्यक्रमका साथै निर्वाचन तयारीका लागि पनि राजधानी पुगेको उनले सुनाए।

टिकट नपाएपछि एमाले परित्याग गरी मालेबाट प्रदेशसभामा उम्मेदवार बनेका लालकुमार केसी पनि राजधानी नै पुगेका छन्। दोलखामा १६ दलले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रसहित ४० जनाले उम्मेदवारी दर्ता गराए पनि भोट माग्न कोही नेता गाउँ नपसेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.