सर्वोच्चको आदशेप्रति एमालेको आपत्ति: निर्वाचन प्रभावित पार्ने निर्णय स्वीकार्य छैन

सर्वोच्चको आदशेप्रति एमालेको आपत्ति: निर्वाचन प्रभावित पार्ने निर्णय स्वीकार्य छैन

काठमाडौं : एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा बुधबार सर्वोच्च अदालतको आदेशप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले मुख्यालय धुम्बाराहीमा बिहीबार बसेको एमाले स्थायी कमिटिको बैठकलले निर्वाचन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा निर्वाचन प्रक्रिया प्रभावित हुने गरी आएको सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको हो। बुधबार सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलार्इ आदेश दिएको थियो।

सर्वोच्चको उक्त आदेश स्वीकार्य नहुने भन्दै एमालेले आपत्ति जनाएको हो। ‘निर्वाचनको मिति घोषणा भएर असोज २९ गते समानुपातिक तथा कार्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगतका उम्मेदवारहरुको मनोनयन दर्ता भएर निर्वाचन प्रक्रिया निकै अगाडि बढिसकेको अवस्था छ’, एमालेको स्थायी कमिटिको निर्णयमा भनिएको छ, ‘आगामी मंसिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु सम्भव र उचित नहुने यथार्थप्रति जोड दिंदै यस्तो अवस्थामा कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा नेकपा (एमाले) का लागि स्वीकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.