नेमारले गर्दा आफू छायाँमा परेको साबित गरे काभानीले

नेमारले गर्दा आफू छायाँमा परेको साबित गरे काभानीले

पेरिस : एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी)ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले निसलाई ३-० गोल अन्तरले पराजित गर्दा काभानीले दुई गोल गरे ।

 

बार्सिलोनाका पूर्वस्टार नेमारसँगको खटपटपछि टोलीको प्रदर्शन र आफ्नो भूमिकाका विषयमा असन्तुष्टि व्यक्त गर्दै पीएसजी छाड्ने मनस्थितिमा पुगेका काभानीले शुक्रबार राति दुई गोल गर्दा नेमारले भने खेलेका थिएनन् । गत साता भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएपछि नेमारले निससँगको खेल गुमाएका थिए । उनले नेमारका कारण आफू छायाँमा पर्दै आएको भन्ने आफ्नो गुनासोलाई पनि साबित गरिदिएका छन् । नेमारबिना पनि पीएसजी बलियो छ भन्ने कुरा काभानीले गरिदिए ।

निसविरुद्ध टोलीलाई जित दिलाउन काभानीले खेलको तेस्रो र ३१औं मिनेटमा गोल गरे । उनले दुवै गोल एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै गरेका थिए । पीएसजीका लागि काभानीले पछिल्ला १० खेलमा ११ गोल गरिसकेका छन् । पीएसजीले तेस्रो गोल भने विपक्षी खेलाडीबाट उपहार पाएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा निसका कप्तान डान्टेले आत्मघाती गोल गरेपछि पीएसजी ३-० को जित आत्मसात् गरेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले ११ खेलबाट २९ अंक जोडेको छ । पीएसजी फ्रेन्च लिग वानमा ११ खेलसम्म अपराजित रहँदै आएको छ । उसले दोस्रो स्थानको मोनाकोसँग सात अंकको अग्रता बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको मोनाकोले १० खेलबाट २२ अंक जोडेको छ । यसैगरी १० खेल नै खेलेको नाट्सको २० अंक छ । ११ खेलबाट १० अंक जोडेको निस लिगको १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.