प्रेम दयाल स्मृति कपको उपाधि फुलजोर युवा क्लबलाई
मलंगवा : फुलजोर युवा क्लब बयलबासले गढिमाई युवा क्लब फरहदवालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रेम दयाल फुटबल स्मृति कपको उपाधि जितेको छ।लालबन्दी नगरपालिका २ जुटपानीमा नेशनल युथ स्पोर्टस क्लबले आयोजना गरिएको तेश्रो प्रेम दयाल स्मृती फुटबल कप प्रतियोगिताको आइतबार आयोजित फाइलन खेलमा फुलजोर युवा क्लबका रोहित चौधरीले पहिलो हाफको अन्तिम मिनेटमा पहिलो गोल गरेका थिए। त्यसैगरी दोश्रो हाममा फुलजोर युवा क्लबकै विष्णु लामाले २ गर्दै टिमलाई ३-० ले अग्रता दिलाएका थिए।
पहिलो हुने टिमलाई नगद २० हजारसहित कप प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष शशी देवकोटाले बताए। त्यसैगरी दोश्रो हुने टिमलाई नगद १० हजारसहित कप प्रदान गरिएको थियो।
तिहारको अवसरमा आयोजना गरिएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो। विगत तीन वर्षदेखि आयोजना हुदैं आएको प्रतियोगिता अगामी दिनमा समेत आयोजना गरिने अध्यक्ष देवकोटाले बताए।