छनोट लक्ष्यसहित युवा टोली किर्गिस्तान प्रस्थान

छनोट लक्ष्यसहित युवा टोली किर्गिस्तान प्रस्थान

 

काठमाडौं : एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली युवा फुटबल टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ । यसअघि उमेरसमूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोली यसपटक पनि छनोटको लक्ष्यसहित किर्गिस्तान प्रस्थान गरेको जानकारी टोलीका प्रशिक्षक छिरिङ लोप्साङले दिए । ‘एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिप जितेर आएका खेलाडी टोलीमा छन् । टोलीमा चारजना मात्र परिवर्तन गरिएको छ ।

त्यसमा पनि पहिलो रोजाइका सबै खेलाडी फिट छन्’, उनले भने, ‘समूहमा यूएई, बहराइन र ओमन बलिया छन् । उमेरसमूहमा नेपालको खेल कमजोर छैन । साफ च्याम्पियनसिपपछि टोलीका खेलाडीमा झनै उत्साह बढेको छ । दसैं र तिहारका कारण बीचमा प्रशिक्षण रोकिए पनि हामीले राम्रो तयारी र मेहनत गरेका छौं ।

 

 

नेपालको युवा टोली समग्रमा सन्तुलित रहेकोले आक्रामक खेल खेल्ने नीति लिएको पनि प्रशिक्षक छिरिङले बताए । नेपालले एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा भारतलाई हराएर उपाधि जितेको थियो । यसैगरी टोलीका कप्तान अपर्ण कार्कीले भुटानमा साफ जितेर फर्किएपछि जस्तोसुकै बलियो टोलीलाई हराउन सकिन्छ भन्ने आत्मबल सबै खेलाडीमा बढेको बताए ।

‘हाम्रो टिम कम्बिनेसन राम्रो छ । हरेक खेलाडीले एकअर्कोलाई राम्ररी बुझेका छन् । खेलाडीका लागि यो ठूलो अवसर पनि हो । हामी शतप्रतिशत मेहनत गरेर छनोट हुनेछौं,’ कार्कीले भने । शनिबारमात्र प्रशिक्षक छिरिङले कार्कीको कप्तानीमा अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । मंगलबारदेखि आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् ।

समूहको पहिलो खेल नेपालले मंगलबार घरेलु टोली किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेल नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खेल्नेछ । छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप खेल्न पाउने छन् ।

नेपाली टोलीलाई आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाइ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.