चुनावी दौडमा पुरानै अनुहार हावी

चुनावी दौडमा पुरानै अनुहार हावी

कपिलवस्तु :  मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पुरानै अनुहार हावी हुने देखिएको छ । कपिलवस्तुका तीनवटा प्रतिनिधिसभा तथा ६ वटा प्रदेशसभाका लागि पुराना सभासद तथा मन्त्री नै उम्मेद्धवार बन्ने भएका हुन्।

 

विगतका २ पटकको निर्वाचनमा कांग्रेस र मधेसवादी दलको प्रतिस्प्रधाबाट उदाएकाहरु यस पटक फेरी कांग्रेस र एमालेबाट उम्मेद्धवार बनेका छन् । मुख्य दल कांग्रेस र एमाले-माओवादीबीच हुने निर्वाचन प्रतिस्प्रर्धामा पुराना नेता उम्मेद्धवार बन्न धमाधम ठूला दलमा प्रवेश गरेर टिकट पाएपछि यस पटक पनि पुरानै नेताहरु उम्मेद्धवार बन्ने निश्चित जस्तै भएको छ । बाम गठबन्धनले उम्मेद्वारको टुङ्गो लगाएपनि कांग्रेसले अझै टुङ्गाउन सकेको छैन । तर कांग्रेसले औपचारिक रुपमा उम्मेद्वार नटुङ्गाए पनि को उठ्ने भन्ने पक्कापक्की जस्तै छ ।

जिल्लाको १ नं। प्रतिनिनिसभा निर्वाचनमा विगतका दुईवटा निर्वाचनमा उम्मेद्धवार बनेका र पर्यटन मन्त्री समेत रहेका दीपकुमार उपाध्याय सहित बाम गठबन्धनबाट चन्द्रप्रकाश खनाल ९बलदेव० का बिच प्रतिस्प्रधा हुने देखिएको छ । गठबन्धनका उम्मेद्वार बलदेव दुई पटकसम्म उपाध्यायसँग चुनावमा भिडेका नेता हुन् ।

कांगेस नेता उपाध्यायसँगै पूर्व सासंद अतहर कमालको नाम जिल्लाबाट सिफारिस भएपनि कमाललाई समानुपातिकमा राख्ने लगभग पक्कापक्की जस्तै भएको छ ।
राप्रपा देखि तमलोपा हुदै लगातार तीनपटकसम्म सांसद बनेका पूर्व कानूनमन्त्री वृजेश गुप्ता एमालेबाट सूर्य चिह्न लिएर उम्मेद्धवार बनेका छन् भने निर्बतमान सांसद तथा पूर्व मन्त्री सुरेन्द्र आचार्यबीच २ नं। क्षेत्रमा प्रतिस्प्रार्धा हुने देखिएको छ । लगातार दुईपटकसम्म फोरमबाट सांसद बनेर हालै मात्र कांग्रेस प्रवेश गरेका अभिषेक शाह तथा पहिलो संविधानसभामा सभासद रहेर हाल एमालेबाट सूर्य चिह्न लिएर चुनाव लड्न थालेका इश्वर दयाल मिश्रबीच प्रतिस्प्रधा हुने देखिएको छ । मिश्रा पूर्व राज्यमन्त्री समेत भैसकेका नेता हुन् ।

आगामी निर्वाचनमा विकासप्रेमी, समाजसेवी तथा नयाँ योजना भएका युवा नेता देख्न चाहेका जिल्लाबासी पुनः निराश बनेका छन् । सधै एउटै उम्मेद्धवार बनेपछि जिल्लाका सबै क्षेत्रकाले नयाँ विकल्प पाएका छैनन् । मुख्य ठूला दलले पुरानै अनुहारलाई प्राथमिकता दिनुको कारण जितको सुनिश्चितता भएको राजनैतिक विश्लेषकहरु बताउँछन् । पार्टी तथा बिभिन्न पद लिएर बसेको पुरानैलाई आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वार बनाउने भएपछि युवा नेताहरु निराश बनेका छन् ।

स्थानीय तहको निर्वाचनमा केही युवाहरुलाई मात्र दलहरुले मौका दिएका थिए । प्रतिनिधिसभामा त दलहरुले पुरानैलाई सिफारिस गरेका छन् भने प्रदेशसभामा मात्र केही युवाहरु सिफारिसमा परेका छन् । कांग्रेसका युवा नेता डोलकराम घिमिरेले दलहरुले पुरानै अनुहारलाई प्राथमिकता दिदाँ आफूहरु जस्ता युवाहरु निराश बनेको बताउँछन । ‘अबको नेतृत्व युवाहरुलाई नदिदाँसम्म देशमा विकास हुन सक्दैन ' उनले भने । कम्तीमा पनि ५० प्रतिशत युवाहरुलाई नेतृत्वका लागि मौका दिनु पर्ने उनी बताउँछन ।

दलहरुले स्थानीय तहका पराजित भएका उम्मेदवारलाई पनि आगामी निर्वाचनमा उम्मेद्वार बनाउँन लागेका छन् । प्रदेशसभाका ६ वटा सिटमा पनि पूर्व गाविस अध्यक्ष, हालै मात्र मेयर-उपमेयरमा पराजित, २०६४ तथा २०७० सालको संविधानसभा निर्वाचनमा पराजितहरु उम्मेद्धवार बनेका छन् । प्रदेश सभा निर्वाचनमा पनि पूरानै अनुहार दोहोरिएपछि जिल्ला फेरी पनि पुरानै नेताको पुरानो मानसिकताकै आधारमा अघि बढ्ने देखिएको छ । 'जो जिते पनि पुरानै नेता हावि हुन्छन्, उनीहरुसँंग कुनै खास योजना, नीति र कार्यक्रम छैन, अनि कसरी हुन्छ यहाँको परिवर्तन' समाजसेवी रामदयाल ठाकूर भन्छन्।

दलले इमान्दार र गर्न सक्ने नेतृत्व भन्दा जित्नका लागि साम, दाम, दण्ड भेद प्रयोग गर्ने उम्मेद्धवार छनौट गर्ने गरेको उनको भनाई छ । सधैको निर्वाचनमा पूरानै अनुहार दोहोरिने समस्या भएकाले मतदाता समेत यस पटकको निर्वाचनमा उत्साहित देखिएका छैनन् । तर राजनितिक दलहरुले भने कार्यकर्ता र जनताकै भावना अनुसार उम्मेद्धवार बनाएको दाबी गर्छन् । ‘लोकप्रिय नेता उठाउन माग आउँछ, कार्यकर्ताले पनि उनीहरुकै नाम लिन्छन हामी उम्मेद्वार बनाउन बाध्य हुन्छौ' एमाले नेता बाबुराम खनालले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.