लोकतन्त्रविरुद्ध वाम गठबन्धनः गच्छदार

लोकतन्त्रविरुद्ध वाम गठबन्धनः गच्छदार

विराटनगर: नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वाम एकता हुनुको एउटै उदेश्य संसदीय, बहुदलीय प्रणालीलाई अस्वीकार गर्दै राष्ट्रपतीय भूमिकालाई प्रमुख बनाउने रहेको आरोप लगाएका छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाम एकताले लोकतान्त्रिक पद्धतिमाथि नै पश्न चिन्ह उठेको हुँदा त्यसलाई परास्त गर्न लोकतान्त्रिक शक्ति बलियो हुनुको विकल्प नरहेको बताए।

लोकतन्त्र नै धरापमा पर्न लागेको अवस्थामा आफू बार्गेनिङ गर्ने पक्षमा नभएको भन्दै उनले भने, ‘अहिले प्राप्त उपलब्धि नै गुम्ने खतरा हुँदैछ। यस्तो बेला मैले आफ्नो स्वार्थलाई थाति राखेर समग्र मुलुक र जनताको हितका लागि सोच्नुपर्छ।'

निर्वाचन पश्चात कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र संविधानमा प्राप्त जनताका अधिकार सुनिश्चित गर्दै मुलुक आर्थिक विकासमा अघि बढ्ने गच्छदारले दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.