प्रधानमन्‍त्री बन्न दौडिएको होइन : ओली

प्रधानमन्‍त्री बन्न दौडिएको होइन : ओली

विराटनगर : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न चुनावमा नहिँडेको बताएका छन्। केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल राष्ट्रपति बन्न एमाले र माओवादीबीच गठबन्धन नबनेको उनको दाबी थियो।

 

झापामा प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गराउन झापा जाने क्रममा विराटनगर विमानस्थलमा बिहीबार बिहान ओर्लिएका ओलीले भने,‘बाम गठबन्धनले अधिनायक लाद्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा हड्बडाउनु भएको छ,त्यो उहाँको पहिल्यैदेखिको बानी हो।' सत्तामा बसेर प्रतिपक्षलाई सिध्याउँछु भन्नु असाधारण र अनुचित विचार भएको बताउँदै ओलीले सत्तामा रहेको फाँसीवादी चरित्र देखाउनु अनुचित भएको टिप्पणी गरे। उनले कार्यकारी राष्ट्रपति अमेरिकामा पनि भएको तर त्यहाँको सरकार अधिनायकवादी नभएको उदाहरण दिए।

अहिले भएको राजनीतिक दलबीचको धु्रवीकरणले नेपालमा विचार तथा सिद्धान्तको आधारमा चलेका पार्टीमात्र रहने संकेत गरेको बताउँदै ओलीले भने,‘काँग्रेस नीतिविहीन छ। उहाँकोहरुको ध्रुवीकरण पनि भवितव्यको आधारमा भएको हो तर अब समूह वा झुन्डझुन्डका रुपमा राजनीतिक दलहरु रहनु हुन्न।'विचारको आधारमा बहुदलीय व्यवस्थामा दल खोल्न पाइने भएपनि साना समूह बनाएर भन्दा पनि विचार बनाएर त्यसकै आधारमा चल्नुपर्ने तर्क गरे।

उनले भने,‘राजनीतिक पार्टी खोल्नुको दार्शनिक, सैद्धान्तिक र वैचारिक आधार हुन्छन्। कार्यक्रमहरु हुन्छन्। राजनीतिबिनाको राजनीतिक दल भनेको स्वार्थहरुको गठजोड मात्र हुन्छ।'ओलीले काँग्रेसमा राजनीति भएपनि त्यो प्रगतिविरोधी भएको आरोप लगाए। ‘राजनीति नै छैन त भन्दिन तर समृद्धि र राष्ट्रिय एकता विरोधी तथा गलत राजनीति काँग्रेसमा हावी छ,'उनले भने।

एमालेले सार्वभौमसत्तालाई माया गरेको, राष्ट्रिय हित र भौगोलिक अखण्डतालाई कायम गरेको, लोकतन्त्र आधार तयार गरेकोे, सामाजिक न्याय, समानता र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताको पक्षमा रहेकोमा ओलीको भनाई थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.