सबै सेवा सुविधा स्वास्थ्य सेवामा खर्च गर्ने घोषणा
सन्धिखकः अर्घाखाचीबाट प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका डा. राम बहादुर बिसीले आफूले पाउने तलव र सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्।
सरकारले दिने १ लाखले क्यान्सरको उपचार सम्भव नभएर धेरैको ज्यान गएको कारण आफूले जिते सबै सेवा सुविधा क्यान्सर रोगीहरुको उपचारमा खर्च गर्ने बताएका हुन्।
सन्धिखर्कमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै डा. बिसीले सम्पति कमाउन नभई जनताको सेवाका लागि राजनीतिमा आएको बताए। चिकित्सा क्षेत्रमा सक्रिय उनले स्वास्थ्य क्षेत्रमा सबै जनताको सहज पहुँच पुर्याउन आफू सक्रिय भएर लाग्ने समेत बताए।
उनले अर्घाखाँचीलाई नमुना जिल्ला बनाउने दावी समेत गरे। बामगठबन्धन गणितीय रुपमा अगाडि देखिएपनि जनताले विकास र समृद्धिकालागि आफूलाई मतदान गर्ने उनको विश्वास छ।