प्रचण्ड ‘बाँदरमुढे घटना’ क्षेत्र चितवनको माडीमा

प्रचण्ड  ‘बाँदरमुढे घटना’ क्षेत्र चितवनको माडीमा

चितवन : माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको बाँदरमुढे घटना भएको क्षेत्र माडीमा पुगेका छन्। प्रतिनिधिसभाको चुनाव प्रचारमा सक्रिय भएका प्रचण्ड एउटा कार्यक्रम उद्घाटनका लागि बाँदरमुढे घटना भएको क्षेत्र माडीमा पुगेका हुन्। त्यहाँ उनले भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ। चितवनको माडी क्षेत्र बाँदरमुडे घटनाले चर्चित छ।


के हो बाँदरमुढे घटना ?
चितवनको माडीस्थित बाँदरमुढेमा बसमा यात्रारत ३८ जनाको मृत्यु र ७५ जना घाइते हुने गरी भएको बम बिस्फोट भएको क्षेत्र हो। माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतिय धरापमा पर्दा ठूलो संख्यामा सर्वसाधारणले ज्यान गुमाएका थिए। यो घटनाका कारण तत्कालिन समयमा प्रचण्ड र माओवादीको चर्को आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.