चुनाव प्रचारमा जाँदा राजेन्द्र पाण्डे लडेर घाइते
धुनीवेशी: धादिङको निर्वाचन क्षेत्र नं १ अन्तरगत प्रदेशसभा-१ का उम्मेद्धार राजेन्द्र पाण्डे चुनावी घरदैलो कार्यक्रममा क्रममा बाटोमा लडेर घाइते भएका छन्। धादिङको धुनीवेशी नगरपालिका वडा नं ७ मा पर्ने तोप्लाङमा घरदैलो कार्यक्रम गरेर फर्किदै गर्दा बाटोमा लडेर घाइते भएका हुन।
अप्ठारो बाटोमा लड्दा टाउको भुईमा ठोक्किएको र चश्मा फुटेर आँदा भन्दा मुनी चोट लागेपछि तत्कालै उपचारको लागि नौविसे स्वास्थ्य चौकीमा पुर्याइएको पाण्डेका स्वकिय सचिव दिनेश घिमिरेले टेलिफोनमा जानकारी दिए।
टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ। नौविसेको स्वास्थ्य चौकीमा उपचार पछि हिजै उनलाइ थप उपचारको लागि काठमाण्डौ स्थित मनमोहन मेमोरियल कलेजमा उपचारको लागि पठाइएको र अहिले उनको अवस्था खतरामुक्त रहेको नेकपा एमाले धादिङले जनाएको छ।
पाण्डे लडेर घाइते भएपछि उनको निवार्चन क्षेत्रमा कार्यकर्ताहरुले मात्रै चुनावी प्रचार प्रसार जारी राखेका छन्। पाण्डे बाम गठबन्धनतर्फका उम्मेद्वार हुन भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धनका मधुु कुमार श्रेष्ठ चुनावी मैदानमा छन।