वडाअध्यक्षले नै लगाए अधिकृतको कार्यकक्षमा ताला

वडाअध्यक्षले नै लगाए अधिकृतको कार्यकक्षमा ताला

सुवास योञ्जन
चरीकोट । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइदिएका छन् ।
आफुलाई जानकारी नदिई आफ्ना वडा सचिवको सरुवाको निर्णय सच्याउन माग गर्दै कार्यकारी अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको उनले बताए ।

वडा कार्यालयका सचिब भिमबहादुर बस्नेतलाई आफ्नो सहमति विपरित सुरु गरेको बताउँदै पटक पटक निर्णय सच्याउन माग गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले बेवास्ता गरेको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ । सचिब बस्नेतको ठाउँमा सहायकस्तर पाँचौतहका लक्ष्मी कार्कीलाई सचिव बनाएपछि विवाद सुरु भएको हो ।

अध्यक्ष शिवाकोटीले स्थानीय तहमा जनप्रतिनिधि आइसक्दा पनि कर्मचारीहरुले जनप्रतिनिधिलाई बेवास्ता गरी आफुखुसी कर्मचारी सरुवा गरिरहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नेपालको सरुवाको समेत माग गरेका छन् ।

उनले आफु नेपाली कांग्रेसबाट विजयी भएको वडाअध्यक्ष भएकोले पनि नगरपालिकाका प्रमुख र त्यहाँका कर्मचारीले आफूलाई हेर्ने दृष्टिकोणमा फरक रहेको बताउदै निर्णय तत्काल नसच्चिए अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यसैबीच भीमेश्वर नगरपालिका मेयर भरत केसीले भने ३ नम्वर वडामा दुई सचिवस्तरका कर्मचारी भएको जनाउँदै वडा नम्वर पाँचमा प्राविधिक मात्र भएकोले सचिव बस्नेतको त्यहाँ सरुवा गरिएको बताए । उनले यो ठुलो समस्या नभएको बताउँदै वडा अध्यक्षले दादागिरी देखाएर तालाबन्दी गर्दैमा सचिबको सरुवा नरोकिने समेत उनले बताए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.