चालिस हजार भन्दा बढी बाढी प्रभावितलाई पौष्टिक आहार

चालिस हजार भन्दा बढी  बाढी प्रभावितलाई पौष्टिक आहार

बर्दिबास : महोत्तरीमा बाढी प्रभावित चालिस हजार भन्दा बढीलाई पौष्टिक आहार वितरण गर्न सुरु गरिएको छ । गएको साउन २८ गते अबिरल बर्षासंगै डुवानमा परेका साविक ३८ गाविस र जलेश्वर नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा गर्भवत्ति, सुत्केरी महिला र बालबालिकालाई कुपोषणबाट बचाउन पौष्टिक आहार वितरण गरिएको हो ।

बाढीबाट बासस्थान डुबानमा परेर महिनैसम्म पोसिलो खानाबाट वञ्चितलाई एक सय ४९ मेट्रिक टन पौष्टिक आहार वितरण गरिँदैछ । जलेश्वर स्थित गोदाममा ३३.२ मेट्रिक टन सर्वोत्तम पौष्टिक आहार भण्डारण गरिएको छ । बाढी प्रभावित गाउँमा साना सवारी साधनबाट ढुवानी गरेर वितरण भइरहेको बताइएकोछ । बाढीबाट महोत्तरीमा २ लाख मानिसहरु प्रभावित भएका थिए ।

‘३१ हजार छ सय ५० जना गर्भवती, सुत्केरी महिला तथा आठ हजार नौं सय २७ बालबालिका समेत ४० हजार पाँच सय ७७ जनालाई लक्षित गरेर सर्वोत्तम आहार वितरण गर्न सुरु गरेका हौं,’ जिल्ला स्वास्थ्य कार्यालयको पोषण कार्यक्रमका गिरेन्द्रकुमार झाले भने, ‘पोषण आहार वितरणसगैं गर्भवती तथा सुत्केरी महिला र बच्चाको पाखुराको मोटाई नापी पहिचान गरिरहेका छौं ।’ कुपोषितहरुको पहिचान गर्न स्वास्थ्य संस्था मार्फत आहार वितरण गरिएको हो ।

मध्यमशिल कुपोषण कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमको सहयोगमा हिमालय स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुको व्यवस्थानमा आहार वितरण गर्न सुरु गरेको हो । बाढी तथा डुबान क्षेत्रका स्वास्थ्य संस्थामा कुपनको आधारमा आहार वितरण गरिएको छ ।

पहिलो चरणमा फेला परेका कुपोषितलाई लक्षित गरेर दोस्रो चरणमा छ हजार ४ जनालाई पोषण आहार वितरण गर्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजिवकुमार झाले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.