महिना दिन पुग्दा पनि बेपत्ता बालक भेटिएनन्

महिना दिन पुग्दा पनि बेपत्ता बालक भेटिएनन्

राजविराज : साथी भेट्न भन्दै मंसिर ८ गते कोठाबाट निस्केका राजविराज नगरपालिका १२ सिग्यौनका १३ वर्षीय मिथलेश यादव अझै सम्पर्कमा आएका छैनन् । लिटिल एन्जेल्स मोर्डन सेकेन्डरी स्कूल कक्षा छ मा अध्ययनरत मिथलेशको खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवेदन दिएको २८ दिन भएको छ ।

बालकको खोजीका लागि प्रहरीमा उजुरी गरे पनि प्रहरी सक्रिय नभएको मिथलेसका बुबा बिजलीप्रसाद यादवको आरोप छ । प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले बालकको खोजतलास जारी रहेको बताए ।

भारतसँग सिमा जोडिएको क्षेत्रमा खोज्दा पनि हालसम्म फेला पार्न नसकिएको सुनाउँदै काका मनोज यादवले सहयोगका लागी सबैसँग आग्रह गरे । ‘आश्चर्यजनक ढंगले भतिज हरायो’ मनोजले भने, ‘बालकको अवस्था पत्ता नलागेकाले खोजीमा भौतारीँदै दिन बितिरहेको छ ।’

उनी अध्ययनरत स्कूलका विद्यार्थीले अविलम्ब मिथलेशको खोजी गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि बिहीबार प्रदर्शन गरेका छन् । घटनाले विद्यालय परीवार स्तब्ध भएको जनाउँदै प्रधानाध्यापक नरेन्द्र देवले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरी सक्रियता पूर्वक खोजि कार्यमा लाग्न स्थानीय प्रशासनसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.