विद्यार्थीलाई स्वयंसेवा सिकाउँदै सेना

विद्यार्थीलाई स्वयंसेवा सिकाउँदै सेना

 

दार्चुला : दार्चुलाको एक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवादल (एनसीसी) तालिम दिइरहेको छ । महाकाली नगरपालिका वडा नं ४ स्थित महेन्द्र नमुना मावि खलंगाका ३६ छात्रछात्रा तालिममा सहभागी छन् । प्रारम्भिक चरणमा ३६ जना छनोट गरी ७० दिनको संस्थागत तालिम दिइएको र छनोटपश्चात् वार्षिक सामूहिक क्याम्प तथा अन्तिम चरणको २१ दिने तालिमका लागि छात्रछात्रालाई बाँकेको कोहलपुर पठाइने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी सन्तोष गुरुङले जानकारी दिएका छन् ।

तालिममा ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन, महिला तथा बालअधिकार संरक्षणबारे कक्षा दिइएको छ । राष्ट्रभक्ति मूल आधार भन्ने नारासाथ तालिम प्रदान गरिएको सेनाले जनाएको छ । गत वर्ष पनि सेनाले महेन्द्र नमुनाका विद्यार्थीलाई विभिन्न सैन्य तालिम दिएको थियो ।

महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीका अनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा उद्धार र विभिन्न अभ्याससम्बन्धी विद्यार्थीले ज्ञान लिइरहेका छन् । ‘विद्यार्थी भनेका भविष्यमा देशका खम्बा हुन् । अनुशासनबिना कुनै पनि कार्य गर्न सम्भव नभएकाले अनुशासनबारे पनि तालिम दिइएको छ’, गुल्मपति गुरुङले भने । सैनिक र नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक निर्माण गर्नु तालिमको उद्देश्य रहेको बताइएको छ ।

पहिलो चरणको तालिम असोजदेखि मंसिर ११ गतेसम्म सम्बन्धित विद्यालयमा सञ्चालन गरिएको थियो भने अन्तिम चरणको तालिम पृतना कोहलपुरमा चल्ने सेनानी सन्तोष गुरुङले जानकारी दिए । सेनाले विद्यार्थीलाई पढाईमा कुनै बाधा नपर्ने गरी तालिम सञ्चाल गरेको जनाएको छ । विद्यालय बिहान १० बजे खुल्ने भएकाले एनसीसीमा आबद्ध विद्यार्थीलार्ई बिहान ८ र बेलुका ५ बजे गरी २ पटक तालिम सञ्चालन गरिएको गुरुङको भनाइ छ । एनसीसी तालिममा प्रदेश ७ का सम्पूर्ण विद्यालयलाई सहभागी गराइने र सहभागी विद्यालयमध्ये सर्वोत्कृष्ट एक विद्यालय छनोट गरी उत्कृष्ट विद्यार्थीलाई एनसीसी तालिमका लागि विदेश पठाइने सेनाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.