झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमक : झापामा भएको बेग्ला बेग्लै मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर - १० नागडुव्वा पूल नजिकै यात्रुवहाक बसको ठक्करबाट कनकाई नगरपालिकाको घैलाडुव्वा निवासी ३२ वर्षीय मोटरसाइकल अन्जुम ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी सवार मे५प २२७१ नम्वरको मोटरसाइकललार्ई शुक्रबार साँझ ६ बजेतिर काँकरभिट्टाबाट यात्रु लिएर आउँदै गरेको ना ५ख ४९१३ नम्वरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बसका चालकलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै झापाकै शिबसतासी नगरपालिका-८ सतासी खोला नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मे८प १५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-७ बस्ने ३९ वर्षीय राजु राई र पछाडी सवार सोही ठाउँका ३९ वर्षीय बुद्ध श्रेष्ठ घाइते भएका हुन्।

घाइतेमध्ये बुद्धको न्युरो अस्पताल विराटनगर र राजुको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.