महोत्सवको सात दिनअघि सबै स्टल बुक

 महोत्सवको सात दिनअघि सबै स्टल बुक

बागलुङ : पुस दोस्रो सातादेखि बागलुङ सदरमुकाममा सुरु हुने पाँचौँ बागलुङ महोत्सव तथा प्रदेश नं ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको एक साताअगावै सबै स्टल बुक भएका छन्।

बागलुङ उद्योग वाणिज्य संघले पुस १४ देखि २३ गते सम्म धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा गर्न लागेको महोत्सवमा राखिने एक सय ८२ वटा स्टल सबै बुक भएको सघंका अध्यक्ष जयराम भारीले जानकारी दिए। ‘स्टल बुकिङका लागि आउने संख्या बाक्लो छ', उनले भने, ‘तर हामीसँग स्टल बढाउन सक्ने ठाउँ छैन, स्टल माग गर्न आएकालाई फर्काउनुपर्ने अवस्था आएको छ।' महोत्सवमा कृषि तथा लघु उद्यम, स्थानीय उत्पादनलाई निःशुल्क स्टलको व्यवस्थापन गरिएको छ भने रेस्टुरेन्ट, फेन्सी, गाडीलगायत स्टललाई भने सशुल्क राख्ने व्यवस्था गरिएको छ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, विभिन्न जातजातिका झाँकी प्रदर्शन, बाल उद्यान रमाइलो मेला, ७५ हजार राशिको खुला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको खुला पुरुष भलिबल, खुला नृत्य, राष्ट्रिय कलाकारद्वारा सांगीतिक कार्यक्रम, डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलको अवलोकन र उँट नाच मुख्य आकर्षण छन्।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवबाट एक करोड रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा एक करोड रुपैयाँबराबर आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको अध्यक्ष भारीले बताए। ‘नयाँ संघीय अभ्यासपछि पहिलो पटक हुने महोत्सवले स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यावसायिक गतिविधि बढाउन सघाउनेछ', उनले भने।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकामनजिकैको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होमस्टे गाउँ भकुण्डेलगायतका पर्यटकीय स्थानमा घुमाउने व्यवस्था पनि गरिएको सघंका महासचिव दयाराम पौडेलले जानकारी दिए। ‘हामीलाई अहिलेदेखि नै काठमाडौंलगायत स्थानबाट महोत्सवमा आएर पर्यटकीय ठाउँमा पुग्न चाहनेले सम्पर्क गरिरहनुभएको छ', उनले भने, ‘सामूहिक रूपमा आएर होमस्टे गाउँमा जाने गरी अग्रिम बुकिङसमेत हुन थालेको छ। यसका लागि आवश्यक पहल एवं समन्वय गरिरहेका छौं।'

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.