धूम्रपान त्याग्दा फाइदैफाइदा

धूम्रपान त्याग्दा फाइदैफाइदा

काठमाडाैं:चुरोटको धुवाँमा चार हजारभन्दा बढी किसिमका रसायन पाइने गर्छन्। जसमध्ये करिब चार सय प्रकारका रसायन हाम्रो शरीरका लागि हानिकारक हुन्छन् भने करिब सत्तरी प्रकारका रसायन मानिसलाई क्यान्सर लगाउन सक्ने (कार्सिनोजेनिक) खालका हुन्छन्।

व्यक्तिमा धूम्रपानको लत बसाउने प्रमुख रसायन भनेको ‘निकोटिन’ हो। एक अध्ययनका अनुसार केवल ६० मिलिग्राम निकोटिन वा करिब १० मिलिलिटर निकोटिनको झोल एक वयस्क व्यक्तिको ज्यान लिन पर्याप्त हुन्छ।

एउटा चुरोटको सेवनले शरीरमा करिब एक मिलिग्राम निकोटिन शोषण हुने गर्छ। धूम्रपान गरेको १० देखि २० सेकेन्ड भित्रमा निकोटिन नामक विषालु रसायन हाम्रो रक्त सञ्चारमार्फत मस्तिष्कसम्म पुग्ने गर्छ। यसबाहेक कार्बनमोनोअक्साइड, एमोनिया, फर्मलडिहाइड, हाइड्रोजन साइनाइडलगायत रसायनले मुटु तथा फोक्सोसम्बन्धी रोग निम्त्याउन सक्छन्।

विभिन्न अध्ययनले देखाएअनुसार धूम्रपान त्यागनेबित्तिकै शरीरले आफूलाई यसको असरबाट मुक्त बनाउने प्रयास सुरु गर्छ जसको फलस्वरूप यस्ता फाइदा देखापर्छन्ः 
–धूम्रपान छोडेको २० मिनेटपछि व्यक्तिको रक्तचाप र हृदयगति धूम्रपान गर्नुअघिझैँ सामान्य अवस्थामा फर्कन्छ।

–१२ घण्टापछि रगतमा बढेको कार्बनमोनोअक्साइड नामक विषालु ग्यासको स्तर घट्न गई सामान्य अवस्थामा फर्कन्छ। 

–२४ घण्टापछि उच्च रक्तचाप नियन्त्रणमा आउने गर्दछ जसका कारण हृदयघातको जोखिम न्यून हुने गर्छ ।

–४८ घण्टापछि ‘निकोटिन’ नामक विषालु पदार्थ शरीरबाट सम्पूर्ण रूपमा बाहिरिने गर्छ।

–दुई हप्तादेखि तीन महिना भित्रमा रक्त सञ्चार प्रक्रिया तथा फोक्सोको कार्य क्षमतामा सुधार आउँछ।

–एकदेखि नौ महिना भित्रमा श्वास नलीभित्र रहेका मसिना रौँ खकार निकाल्न सुरु गर्छन् । जसका कारण खोकी, दम तथा छातीको घ्यार्र–घ्यार्र बिस्तारै    कम भई स्वास–प्रश्वास क्रिया सहज हुन्छ।

–एक वर्षपछि मुटुको रक्तनलीसम्बन्धी रोग लाग्ने तथा हृदयघातको जोखिम घट्छ।

–पाँच वर्षपछि मस्तिष्कघातको र फोक्सोको क्यान्सरको जोखिम कम भई धूम्रपान नगर्ने व्यक्तिझैँ सामान्य हुने गर्छ।

–१० वर्षपछि फोक्सोको क्यान्सरबाट मृत्यु हुने सम्भावना ५० प्रतिशतले कम हुने गर्दछ। साथै, श्वासनली र प्यान्क्रियाजको क्यान्सरको जोखिम पनि  न्यून हुने गर्छ।

–यति मात्र नभएर धूम्रपान त्याग्नाले दृष्टि तथा श्रवण शक्ति बढ्ने, मुख, दाँत सफा र स्वस्थ हुनुका साथै यौन क्षमतामा समेत वृद्धि हुने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.