भिरबाट लडेर मृत्यु
पाल्पा : पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहकोे शुक्रबार भीरबाट लडेर घटनास्थलमा मृत्यु भएको छ ।
सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु दुवैजना काठ काट्न जाँदा चिप्लेर लडेका हुन् ।
उनीहरु करिब १०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । रासस