यसरी सम्झना गरियो राजा वीरेन्द्रलाई

यसरी सम्झना गरियो राजा वीरेन्द्रलाई

काठमाडौ : स्वर्गीय राजा वीरेन्द्रको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयक गोष्ठी शुक्रबार भएको । कार्यक्रममा सहभागी वक्ताले उनी कुशल नेतृत्वकर्ता एवं राजनीतिक विश्लेषक भएको धारणा राखेका छन् ।

राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उनलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा उनीहरुको जोड छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजा वीरेन्द्रले मुलुकका सबै क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याएको स्मरण गर्दै वीरेन्द्र देश र जनतालाई माया गर्ने अभिभावकका रुपमा आफूले पाएको विचार व्यक्त गरे ।

पार्टी अध्यक्ष कमल थापाले नेपालको भौगोलिक अवस्थालाई बुझेर यहाँ हुन सक्ने हस्तक्षेपलाई रोक्न शान्ति क्षेत्रको प्रस्ताव प्रस्तुत गरेर वीरेन्द्रले दूरदर्शिता देखाएको बताए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले विसं २०४६ सालमा भएको आन्दोलन दबाउनका लागि दक्षिणबाट आएका राष्ट्रघाती सन्धिका प्रस्तावलाई अस्वीकार गरेर राजा वीरेन्द्रले जनतालाई अधिकारसम्पन्न बनाउन योगदान गरेको बताए ।

पूर्वमन्त्री रमेशनाथ पाण्डेले मुलुकमा नयाँ शिक्षा नीति कार्यान्वयनका लागि राजा वीरेन्द्रले देखाएको अग्रसरताको प्रशंसा गरे । उनले राजा वीरेन्द्रले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरेर मुलुकको अस्तित्वलाई संरक्षण गरेको बताए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परी वीरेन्द्रसहित उनका परिवारको निधन भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.