तराईंका शितलहरपीडित मुसहरलाई पहाडको माया

तराईंका शितलहरपीडित मुसहरलाई पहाडको माया

बर्दिबास : ‘इलाजके लेल रुपैयाँ पैइली। शितलहरसं बचलेल ओड्नाबिच्छौना भेटल’ (उपचारको लागि रुपैयाँ पाएँ। शितलहरबाट बच्न आड्ने–ओछ्याउने पाएँ) आर्थिक अभावमा दुई महिनादेखीपीडामा रहेकी गौशाला नगरपालिका-७ फुलकाँहा मनहर्वा मुसहर बस्तीकी ६० बर्षीय सरबसिया देवी सदाले भनिन्, ‘ खुशी लाग्ले, इलाज कक आउरो बाँचब’ (खुशी लाग्यो, उपचार गरेर अझै बाँच्छु) छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौंले उनको घरमै शुक्रबार पुगेर २० हजार नगद दिएको छ। नगदसँगै जाडोबाट बच्न न्यानो कम्बल, साडी, सुइटर, टोपी समेत दिएको छ।

छत्रपाटी निःशुल्क चिकित्सालयले पुस्तौंनी शितलहरपीडित महोत्तरीको मनहर्वास्थित मुसहर बस्तीका एक सय दुई परिवारलाई शुक्रबार करिब दश लाखको खाद्यन्न र न्यानो लुगाफाटा बाँडेका छन्। शितलहरबाट बच्न बस्तीका बालबालिका, महिला, पुरुष र वृद्धवृद्धालाई कबल, म्याट, ट्रयाकसुट, दन्तमन्जन, चालम जस्ता समाग्री वितरण गरको हुन्।

विरामी भएर रोग पालेर छाप्रोमा बसेकी ७५ वर्षीया लालो देवी सदा पनि सहयोगी भेटेकोमा खुशी छिन्। उनले १५ हजार नगदसँगै न्यायो कपडा पाएकी छिन्। ‘गरिवलाई गाउँमा कर्जा र पैइचो पनि कसैले दिदैंन,’ लालोले भनिन्, ‘जाडोमा लगाउने लुगा पनि पाएँ। अब बाँच्ने आशा जाग्यो।’ उनी उठबस गर्न सक्दैनन्। उनको छोरो छैन। ज्वाइँको घरमा बसेकी छन्।

आगो तापेर रात काट्दै आएका बस्तीका ६५ बर्षीय लकरी मुसहरको मुहारमा न्यानोले खुशी थपिदिएको छ। ‘बस्ने घर छैन। सुगँुरको खोरमाथि सुत्छु। जाडो छेल्ने लताकपडा पाँए,’ भनेर उनले खुशीको कुरो खुनाए। टहरा देखाउँदै उनले थपेँ, ‘यो भत्किएको घर पनि कसैले बनाइदिए हामी गरिबलाई अझै राम्रो हुनेथियो। छानोमा खर छैन।’

यो बस्तीमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक रात बसेका थिए। ग्रामीण भेगमा दुई गाडी राहत लिएर पुगेका छत्रपाटी निःशुल्क चिकित्सालयका व्यवस्थान समितिका अध्यक्ष बिजयबहादुर मालीले गरिब तथा विपन्न मुसरलाई सहयोग गर्न पाएको खुशी व्यक्त गरे।

‘तराईका दाजुभाई तथा दिदीबहिनीको पीडा हेरेर बस्न सकिन,’ उनले भने, ‘उहाँको पीडामा हामीले सकेका मलहम पट्टी ग¥यौं। मधेशी र पहाडी सबै हामी नेपाली हौं।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.