खानेपानी आपुर्ति सहज बनाउन दाङका खोलामा हाईड्याम निर्माण गरिने

खानेपानी आपुर्ति  सहज बनाउन दाङका खोलामा हाईड्याम निर्माण गरिने

दाङ : दाङका खोलामा हाइड्याम निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । जिल्लाको पातु खोला, कटुवा खोला र ग्वार खोलामा खानेपानी आपुर्ति  सहज बनाउने उदेश्यले हाईड्याम निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।

खानेपानी तथा ढल निकास विभागले पातु खोलामा हाइड्याम निर्माण गर्न डिपिआर सुुरु गरेको र दुबै खोलामा हाईड्याम निर्माण गर्नेबारे प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको छ । बढ्दो शहरीकरणले खानेपानीको आपुर्तिमा समस्या भइरहेको र समाधानकोलागि हाईड्याम निर्माण गर्न अध्ययन सुरु भएको विजौरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौतमले बताए ।
विभागका इन्जिनियर ऋषिकेश पोख्रेल, नवीन आचार्य, सुलभ लिगल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका दाङका प्रमुख चोकप्रसाद धिताल लगायतको टोलीले अध्ययन गरेको हो ।

खोलामा जलाशय निर्माण गरि खानेपानी तथा सिचाईको व्यवस्थापन गर्न अध्ययन शुरु गरिएको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धितालले बताए । यसरी जलाशय निर्माण गरिए दाङलाई वर्षौ सम्म खानेपानीको समस्या नहुने उनको भनाइ छ ।

अध्ययन पछि तयार पारिएको प्रतिवेदनलाई आधार मानेर योजना निर्माण भइ बजेट विनियोजन हुने र काम सुरु हुने उनको भनाई छ । तर त्यसकालागि सबैको चासो र पहल आवश्यक रहेको बताए ।

उनले दाङ लगायत विभिन्न क्षेत्रमा रहेका ठाडा खोलामा हाईड्याम निर्माण गर्नका लागि सरकारले चासो दिईरहेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.