राजनीतिक दलका प्रचार सामग्री हटाउन युवा सक्रिय

राजनीतिक दलका प्रचार सामग्री हटाउन युवा सक्रिय

जनकपुरधाम : हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मठमन्दिरका भित्तामा टाँसिएको प्रचार सामग्री राजनीतिक दलले नहटाएपछि युवाहरु सहर सफाईमा लागेका छन् । पर्यटकको घुइँचो हुने जनकपुरधाममा नकारात्मक सन्देश बाहिर नजाओस भनेर सफाईमा सक्रिय भएको युवाले बताए ।

निर्वाचन आचार संहितामा प्रचारप्रसारको लागि सांस्कृतिक सम्पदाको प्रयोग गर्न नपाईने, प्रयोग गरिएका सामग्री आफैँ हटाउनु पर्ने उल्लेख गरिएको छ । मन्दिरका भित्ता र पर्खाल कुरुप बनाएका दल र तिनका उम्मेदवार नफर्किएको युवाको आरोप छ ।

मन्दिर वरपर सफा नगर्दा बाहिरबाट आउने दर्शनार्थी एवं पर्यटक मार्फत जनकपुरको विषयमा नकरात्मक सन्देश जाने हुनाले सफाईमा लागेको युवा अमित साह बताए । उनले भने, ‘चुनावको बेला सुन्दर र सफा नगर बनाउने भन्दै मतदाताको घरदैलोमा पुग्ने उम्मेदवारले चुनाव सक्दा पनि प्रचार सामग्री नहटाउनु निन्दनीय छ ।’

जनकपुरका राजनीतिक दल र उम्मेदवारले सहर कुरुप गर्न मात्र जानेको तर सफाइमा अग्रसरता नदेखाएकोमा अमरचन्द्र अनिल आक्रोस पोखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.