जग्गा दलालविरुद्ध इन्जिनियर

जग्गा दलालविरुद्ध इन्जिनियर

 

 

इटहरी : जग्गाको नक्कली ब्लुप्रिन्ट (नक्सा) निकालेर बैंक तथा जग्गा खरिदकर्तालाई ठग्ने गिरोह सक्रिय रहेको खुलेको छ । उक्त गिरोहले नक्साको ब्लुप्रिन्ट र ट्रेस नक्सा नक्कली बनाएर खरिदकर्तालाई ठग्ने गरेको हो ।

जग्गाको मूल्यांकन (भ्यालुएसन)का क्रममा केही इन्जिनियरले यस्तो ठगी भइरहेको पत्ता लगाएका हुन् । उनीहरूले खरिदकर्तालाई सचेत बनाएपछि तीन व्यक्ति पक्राउसमेत परेका छन् । इटहरी इलाका प्रहरीका डीएसपी सञ्जय राउतका अनुसार इनरुवा-५ का तीर्थराज भट्टराई, टंकबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका विश्वराम नेपाल पक्राउ परेका हुन् । उनीहरूले नक्कली नक्सा बनाएको देखिएको राउतले बताए ।

उनीहरूले राधादेवी भट्टराई र शेरबहादुर श्रेष्ठको नामको जग्गा बिक्री गर्न खोजेको इन्जिनियर रविन थापाले बताए । भ्यालुएसन गर्न गएका थापाले नक्सा र फिल्डको जग्गा आकार नमिलेपछि शंका लागेको बताए । ‘फिल्ड नाप्दा सबै मिल्छ, अटो क्याडमा सबै मिल्छ तर नक्साको आकार नमिलेपछि किन्नेलाई एकपटक जाँच्नुस् भनेर सल्लाह दिएँ’, उनले भने, ‘नभन्दै उहाँहरूले जाँच गर्दा पत्ता लागिहाल्यो कि नक्सा नै नक्कली रहेछ ।’

धरानका राजेश शर्माले उक्त जग्गा किन्न लागेको राउतले बताए । त्यसपछि क्रेताले किन्ने ‘फिक्स्ड भो’ भनी बोलाएर जग्गा बेच्न खोज्नेलाई पक्राउ गरिएको थियो ।

नक्कली नक्सा निकाल्नेले बिग्रेको, भत्केको, खोलामा परेको जग्गाको कित्ता नम्बर सडकछेउ राखेर बेच्ने गरेका छन् ।

सुनसरीको मधेसा वडा नं. ४ (ख) नक्साको ब्लुप्रिन्टमा कित्ता नम्बर परिवर्तन गरेको खुलेको छ । नापी विभागको छाप र प्रमाणित गर्नेको हस्ताक्षरसहितको उक्त ब्लुप्रिन्टमा गाउँभित्रको जग्गाको कित्ता नम्बर राजमार्गनजिक ल्याइएको छ । कित्ता नम्बरहरू २०६, २७९ र ७३६ को ठाउँ परिवर्तन गरेर राजमार्गछेउ पारिएको हो । ट्रेस नक्सामा २७९ नम्बरको जग्गा राजमार्गछेउ देखाइएको छ, जबकि उक्त जग्गा राजमार्गको निकै भित्र छ ।

ब्लुप्रिन्टको र.नं. ३०९७ छ, जसलाई गत कात्तिक ३० गते प्रमाणित गरेको उल्लेख छ । विभागको छापसमेत लगाइएको छ । ट्रेस नक्सा उतार गर्ने नाममा बिकु यादव, जाँच्ने स. अमरकुमार झा र प्रमाणित गर्ने नापी अधिकृत अरविन्दुकुमार सिंहको हस्ताक्षर छ । ज्योति विकास बैंकले मागेको आधारमा उक्त नक्सा बनाइएको हो ।

‘नक्सा उही हो तर कित्ता नम्बर फेरेर झुक्याउने गरिएको छ’, नेपाल भ्यालुएसन एसोसिएसन पूर्वाञ्चलका च्याप्टर अध्यक्ष आमोदराज आचार्यले भने, ‘हस्ताक्षरदेखि सबै नापनक्सा किर्ते गरेको आशंका छ, किर्ते गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।’ ब्लुप्रिन्ट निकाल्न कर्मचारीको संलग्नता हुने आचार्यले बताए । ‘बहालवाला वा पूर्वकर्मचारीको संलग्नताबिना ब्लुप्रिन्ट निस्कँदैन’, उनले भने, ‘ठूलो गिरोहको संलग्नता हुन सक्छ ।’

उनका अनुसार जग्गा बिक्रेताले ल्याएको नक्साका आधारमा भ्यालुएसन गर्दा इन्जिनियर फस्ने गरेका छन् । भ्यालुएसन गर्नेलाई नभई नक्कली नक्सा बनाउनेलाई कारबाही गर्नुपर्ने उनले बताए । ‘यो नक्साका आधारमा हामीले भ्यालुएसन गरेको भए हामी फस्थ्यौं’, उनले भने, ‘हाम्रो लडाइँ नै बैंकसँग यही हो, फर्जी कागजको जिम्मेवारी हामी लिँदैनौं ।’

नक्कली नक्सा निकाल्नेले बिग्रेको, भत्केको, खोलामा परेको जग्गाको कित्ता नम्बर रोडछेउ राखेर बेच्ने गरेका छन् । आचार्यका अनुसार झापा, मोरङ र सुनसरीमा यस्ता घटना भइरहेको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.