जनावरको हड्डी समेत भारततर्फ तस्करी

जनावरको हड्डी समेत भारततर्फ तस्करी

विराटनगर : मासु प्रशोधन केन्द्रबाट गाई, गोरु, भैंसी, राँगा, बंगुर आदी जनावरको हड्डी भारततर्पm तस्करी हुने गरेको पाइएको छ । सुनसरीको दुहवीमा संचालित सांग्रिला इन्टरनेशनल फुड प्रालीले जनावरको हड्डी भारत तर्फ लाँदै गरेको अवस्थामा को २ त ७९२ नम्बरको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर १८ मटेरुवा नाकाबाट चार सय मेट्रिक्टन हड्डी सहित भद्रपुर ९ का ३२ वर्षीय देवु किस्कु समेतलाई पक्राउ परेको छ ।  ‘मासु प्रशोधनका क्रममा निस्किएको हड्डी भारततर्फ अवैध तस्करी हुने गरेको रहेछ,’ प्रहरी निरीक्षक सन्तोष निरौलाले भने, ‘तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।’

पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. फेकन साहले पाँच हजार रुपैयाँ जरिवाना गरेर ट्रयाक्टर र हड्डी छाडिएको बताए । ‘अवैध रुपमा चौपायको हड्डी भारततर्फ लैजान मिल्दैन । यसका लागि छुट्टै प्रक्रिया छ ।’ उनले भने, ‘पशु क्वारेन्टाइनमा चेकजाँच गरेर प्रमाणित भएपछि भन्सार महशुल बुझाएर हड्डी भारत लैजान मिल्छ’। उनले आवश्यक प्रक्रिया पूरा नगरी चौपायको हड्डी भारत लैजाँदै गरेको पाईकोले पक्राउ गरिएको जानकारी दिए ।

उता मासु प्रशोेधन केन्द्रका इन्चार्ज जाकिर हुसेनले भन्सार बुझाइ क्वारेन्टाइनमा चेकजाँच गरेर मात्र हड्डी भारत लैजाने विषयमा जानकारी नभएको बताए । उनले पहिलो पटक प्रहरीले हड्डी नियन्त्रणमा लिएको पनि दाबी गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.