काभ्रेपलाञ्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काभ्रेपलाञ्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काभ्रेपलाञ्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा घाइते भएका दुईको सोमबार मृत्यु भएको छ ।


आइतबार बेलुका धुलिखेल नगरपालिका – ११ पात्लेखेतमा काठमाडौबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नम्बरको यात्रुबाहक बसले सोही बसमा सवार काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–१ की ३७ वर्षीया फूलमाया तामाङलाई ठक्कर दिएको थियो । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक रविराज थपलियाले बताए ।


त्यस्तै पाँचखाल नगरपालिका–८ खावामा आइतबार बेलुका धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७१प २०१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १८८४ नम्बरको सुमो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय ललितपुर टीकाथली नगरपालिका–४ बस्ने विनय देउजाको मुत्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएकी २३ वर्षीया अमिता आचार्यको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.