‘पूर्वराजा ज्ञानेन्द्र भन्छन् : 'भन्नुपर्ने केही छैन'

‘पूर्वराजा ज्ञानेन्द्र भन्छन् :   'भन्नुपर्ने केही छैन'

बर्दिया : बर्दिया सदरमुकाम गुलरियास्थित बंगलामुखी मन्दिर दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार बर्दिया पुगेका छन् । सदरमुकाम गुलरिया आएका शाहलाई हजारौं बर्दियावासीले भव्य स्वागत गरेका हुन् । केही दिनअघि नेपालगन्ज आएका शाह नागरिक समाजको निमन्त्रणामा बर्दिया आउने कार्यक्रम तय भएको हो । नेपालगन्जदेखि आफैं ड्राइभिङ गरेर बर्दिया आएका पूर्वराजा ज्ञानेन्द्र प्रसन्न मुद्रामा देखिन्थे । करिब ४ सय मिटर लामो जनताको भीडमा हिँडेरै शाहले फूलमालालगायत स्वागत ग्रहण गरे । बर्दियाको ऐतिहासिक बगलामुखी मन्दिरमा ब्राह्मणले स्वस्तीवाचनसहित पूर्वराजाको स्वागत गरेका थिए ।

शाहले केही बेर बगलामुखी भगवती मन्दिरभित्र बसेर पूजा गरेका छन् । पूजा सकेर ५ मिनेट मञ्चमा वि श्राम गरेका शाहले पञ्चकन्यासँग फोटोसमेत खिचाए । बालबालिकालगायत वृद्धवृद्धासँग उनले प्रेमपूर्वक भेट गरेका थिए । पूर्वराजासँग सेल्फी खिचाउनेको भीड थियो । स्वागतका क्रममा विभिन्न राजनीतिक दलका कार्यकर्तासमेत सहभागी थिए । शाह गाडीबाट ओर्लेदेखि नफर्कंदासम्म समर्थकले ‘राजा आऊ, देश बचाऊ', ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए ।

पूर्वराजा शाहले सञ्चारमाध्यमसँग भने केही बोल्न चाहेनन् । भ्रमणबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा भन्नुपर्ने केही नभएको शाहले बताए । बर्दियाका नागरिक समाज, विभिन्न राजनीतिक दलका कार्यकर्ता, स्थानीयवासी, बगलामुखी मन्दिर व्यवस्थापन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बर्दियामा भव्य स्वागत गरेका हुन् ।

 

बर्दिया भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाह ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.