'गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना गरेको छैन'

'गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना गरेको छैन'

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना आफूले नगरेको बताएका छन् ।

बुधबार दिउँसो पार्टी कार्यालय, पेरिसडाँडामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन् । ‘हामीले वाम गठबन्धन बनाएर चुनाव लड्यौं, लाखौं कार्यकर्ता र करोडौं जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्', उनले भने, 'अब त्यसबाट दायाँबायाँ हुने कल्पना पनि गर्न सकिँदैन । वाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन । मिडियामा भ्रमहरु आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’


पार्टी एकताबारे एमालेसँग कुनै विमत्ति नरहेको स्पष्टिकरण उनले दिए । ‘पार्टी एकताबारे हामीमा कुनै विवाद र बिमति छैन । पार्टी एकता संयोजन समितिमा ओलीजी र मलाई शीर्ष नेताको रुपमा राखिएको छ । हामी दुवैबीच उपर्युक्त कार्य विभाजन हुन्छ, त्यसमा कुनै समस्या छैन’, प्रचण्डले भने,‘हामीले पुल भत्काएर अघि बढिसकेकाले अब पनि पार्टी एकता हुँदैन कि भनेर शङ्का गर्नु भ्रम मात्र हुन जान्छ । ओलीजीको स्वास्थ्यमा थोरै समस्या आएकाले एक, दुई दिन ढिलो भएको हो, छिट्टै हामी बस्छौं, पार्टी एकता संयोजन समितिमा छलफल गर्ने एजेण्डा टुङ्गाउँछौं र एकताको प्रक्रिया अगाडि बढाउँछौं ।’

बुधबार नै एमाले र माओवादी केन्द्रनिकट बुद्धिजीवी संगठनले संयुक्त रुपमा पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले त्यही कुरा दोहोर्‍याए ।

‘पहिलो र दोस्रो विश्व युद्धताका लेनिनले बुद्धिजीवीहरु अवसरवादी हुन्छन् भन्नुभयो । तर, अहिले दुनियाँ त्यहाँ छैन । विज्ञान, प्रविधि र अनुसन्धानमा आएको विकासले बुद्धिजीवीको परिभाषा र भूमिका फेरिएको छ', उनले भने, 'पछिल्ला राजनीतिक परिवर्तनहरुमा बुद्धिजीवीहरुको निकै सकारात्मक भूमिका रहँदै आएको छ । हामीले वाम गठबन्धन बनाउँदा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको संकल्प गरेका छौँ, त्यसका लागि विज्ञहरुको सहयोग चाहिन्छ । घोषणापत्रमा उल्लेख गरिएका विषयलाई कार्यान्वयन गर्न तपाईहरुको खाँचो छ ।’

जोखिम मोलेर नै पार्टी एकताको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो । 'कतिपयलाई एमाले–माओवादी एकताले आश्चर्य पनि लाग्यो होला, कतिपय विधि पनि हामीले तोड्यौं । तर, जतिसुकै राम्रो विधि अपनाए पनि निर्णय राम्रो भएन भने त्यसको कुनै अर्थ रहँदैन’ प्रचण्डले भने, 'अहिले हामीले गरेको निर्णय देशको पक्षमा छ, जनताको पक्षमा छ, राजनीतिक स्थिरता र विकासको पक्षमा छ । हामीले राजनीतिक भूमरिबाट देशलाई निकाल्ने संकल्प गरेका छौं । कसैले पार्टी एकता हुँदैन कि भन्ठानेको छ भने त्यो कल्पना मात्र हो । हामी छिट्टै एकता प्रक्रिया टुङ्गाउँछौं ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.