कामकुरो एकातिर एमाले नेता जुहारीतिर !

कामकुरो एकातिर एमाले नेता जुहारीतिर !

काठमाडौं : जनताको बहुदलीय जनवाद (जबज) को 'च्याटर क्लोज' र एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकतापछि सन्यास लिनुपर्ने विचारलाई लिएर एमाले नेताहरुबीच सामाजिक सञ्जालमा हिलो छ्यापाछ्याप भइरहेको छ ।

एमालले मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकारेको मदन भण्डारीबाट प्रतिपादित जबजलाई वाम एकतासँगै परिमार्जन गर्ने तर्क एकथरी नेताले राखेका छन् । तर अर्काथरीले जबज नै एमालेको मार्गदर्शक सिद्धान्त भएकाले यसलाई अझ उन्तत बनाउने भन्दै च्याप्टर क्लोजको कुरा गर्नु नै अनुपयुक्त भनेका छन् ।

एमालेका सचिव एवम् पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराई, पोटिव्युरो सदस्य विष्णु रिमाल तथा केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापा लगायत नेताहरुबीचको जुहारी अहिले एमाले वृत्त र सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

कब्जियत होइन जबज

केन्द्रीय सदस्य थापाले पार्टी उपमहासचिव घनश्याम भुसालको जबजको ‘च्याप्टर क्लोज’ भन्ने अभियक्तप्रति कडा टिप्पणी गरेका छन् । 'च्याप्टर क्लोज जबजको यो के भन्न खोजेको होला, सिद्धान्त बनाउन सकिन्छ, यस मामिलामा कामै भएन भनेर महाधिवेशनमा पूरक प्रस्ताव प्रस्तुत गर्ने, यतिबेला अझ उचाइमा विकास गर्न सारा बर्कत र सामर्थ्य केन्द्रित गर्नुपर्ने बेलामा च्याप्टर नै क्लोज पो गरिदिने, सिद्धान्तको बहसमा संगति चाहिँदैन, त्यसका तर्क र आधारहरूको संगतियुक्त श्रृंखला हुँदैन, कमजोर हुँदा सिद्धान्त नै बनाउनुपर्ने, अयोग्यहरूले बनाउन सकेनन् भन्ने, अलिक अनुकूल मौका देख्नासाथ निषेध र च्याप्टर क्लोजमै उत्रिने', उनले फेसबुकमा लेखेका छन्, 'बरू यसो गर्ने बानीकै च्याप्टर क्लोज गर्दा कसो होला, नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तको तहमा स्वीकारेको नै मान्न कसैले पनि कब्जियत महसुस गर्न मिल्दैन ।'



योगेश र विष्णुको जुहारी

एमाले सचिव भट्टराईले केही दिनअघि सार्वजनिक कार्यक्रममै पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी एकताको घोषणा गरेपछि सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए ।

उनले दिएको यो अभिव्यक्तिलाई लिएर एमालेकै अर्का नेता विष्णु रिमाल कडा प्रतिवादमा उत्रेका छ । पोलिटब्यूरो सदस्य रिमालले योगेशको भनाइमा कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् ।

'ऊ बेला ओलाङ्गचुङ्गगोलादेखि जोगबुढासम्म तिनै बूढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरूमा थिएन', रिमालले ट्विटरमा योगेशमाथि निशाना साँधेका छन्, 'अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओली’को ‘बक-अप’बाट ट्रफी पाउने साथीहरूको 'माका फुईं'ले के बिधि सगरमाथा चढेको हो ?'

 

रिमालको टिप्पणीपछि भट्टराई पनि चुप लागेर बस्नै सकेनन् । उनले पनि ट्वीटरमै उत्तर दिन भ्याएका छन् । 'करिब ३५ वर्ष भयो बिष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक शालिन र मिलनसार लाग्छ मलाई । तर मेराबारे उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो । उहाँले मप्रति जति नकारात्मक टिप्पणी गरे पनि उहाँप्रति मेरो सद्भाव सधैँ रहिरहने छ।

 फेरि रिमालले पनि जबाफ दिन भ्याएका छन् । 'कमरेड ओली र प्रचण्डले सय प्रतिशत नम्बर ल्याएपछि (पार्टी एकतापछि) मण्डेला बन्न प्रयत्न गर्नुपर्छ भन्ने योगेशजीको भनाइ साह्रै मननीय ! नेताहरु इतिहासमा लेखिनुपर्छ, यसका लागि इतिहासको ‘कर्भ’ रेखा उँधो झरेको राम्रो हुन्न ।'

समाजिक सञ्जालमा टिकाटिप्पणीको पछाडि एमाले भित्रको गुटगत प्रभाव प्रष्ट देखिएको छ । नवौँ महाधिवेशनमा देखिएको दुई लाइन अहिले जबजको बहसमा पनि प्रष्ट देखिएको छ।

त्यो बेला नेताहरु रिमाल र थापा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । त्यसैगरी उपमहासचिव भुसाल र सचिव भट्टराई माधव नेपालको प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.