प्रादेशिक राजधानी प्रस्तावले उत्साह

प्रादेशिक राजधानी प्रस्तावले उत्साह

तुलसीपुर : दाङलाई प्रदेश नं. ५ को प्रादेशिक राजधानी बनाउने प्रस्ताव पेस भएपछि जिल्लामा उत्साह छाएको छ। जिल्लाका नागरिक समाज, स्थानीय, राजनीतिकर्मी, उद्योगी व्यवसायी तथा आमनागरिक प्रदेश राजधानी प्रस्तावसँगै उत्साहित भएका हुन्। प्रदेशको बीच भागमा पर्ने दाङलाई राजधानी पूर्वाधार अध्ययन समितिले उपयुक्त भन्दै सरकारसमक्ष प्रस्ताव पेस गरेकाले ५ नं प्रदेशको अस्थायी राजधानी बन्ने निश्चित भएको हो।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले राजधानी प्रस्तावले उत्साह थपेको भन्दै स्वागतका लागि नागरिक समाज तयार रहेको बताए। प्रदेशवासी आमनागरिकको चाहना र सरकारको इच्छाशक्तिले राजधानी प्रस्ताव भएको भन्दै अब तत्काल घोषणा गरिनुपर्ने बताए। रेग्मीले नागरिक समाजले सबै क्षेत्रमा दीपावलीको तयारी गरिरहेको जानकारीसमेत दिए। ‘प्रदेशको राजधानी प्रस्तावले यस क्षेत्रका जनतालाई खुसी बनाएको छ', उनले भने, ‘यो खुसीलाई अवसर र उत्साहसाथ मनाउने तयारीमा छौं।'

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले राजधानी बनाउने प्रस्तावले व्यवसायीको माग सम्बोधन भएको बताए। जिल्लालाई राजधानी प्रस्ताव भएकोमा उत्साह थपिएको र निजी क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने उनले बताए। राजधानी प्रस्ताव पेस भएपछि जिल्लाका सरकारी निकाय पनि तयारी अवस्थामा छन्।

राजधानी पूर्वाधार व्यवस्थापनको जिम्मा पाएको सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले राजधानीका लागि जिल्लामा रहेका पूर्वाधारको अवस्था, उपलब्धतालाई छनोट गरिएको बताए। ‘जिल्लामा हामीले गर्ने सम्पूर्ण तयारी गरिसकेका छौं', डिभिजन प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भने। उनले  नेपाल संस् कृत विश्वविद्यालय के न्द्रीय कार्यालय बे लझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको  नवनिर्मित एक सय आठ कोठाको  सुविधा सम्पन्न भवनलाई प्रादेशिक प्रशासनिक भवन बनाउन सिफारिससहित प्रस्ताव गरेको बताए।

प्रदेशको मुख्यालय बेलझुण्डी बनाउने तयारी गरिएको छ। प्रदेश सभाहल, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र मन्त्री, कार्यालय बेलझुण्डीमा व्यवस्थापन गरिनेछ। मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्रीको आवास घोराहीका विभिन्न सरकारी कार्यालयलाई प्रयोग गर्न सकिने तयारी गरिएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख पाण्डेले प्रदेश प्रमुखको आवासका लागि जिल्ला समन्वय समितिको कार्यालय, मुख्यमन्त्रीको आवासका लागि क्षेत्रीय कृषि विकास कार्यालयको भवन, मन्त्री आवासका लागि जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालयलाई प्रयोग गर्न तयारी भएको छ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पूर्वाधार तयार भएको भन्दै तोकिएकै दिन बाँकी काम पूरा हुने बताए। ‘हामीले सरकारी स्तरबाट गर्ने काम सबै गरेका छौं', उनले भने, ‘अहिले प्रस्ताव मात्रै भएको हो। निर्णय भएको दिन गर्नुपर्ने तयारी सबै गरिसक्छौं। हाम्रो तर्फबाट ढिला हँदैन।'

 

प्रदेश नं. ५ को प्रदेश मुख्यालय बनाउने तयारी गरिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद अध्ययन संस्थानको बेलझुण्डीमा रहेको भवन। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.