पेस्तोल र गोलीसहित कोटेश्वरबाट युवक पक्राउ
काठमाडौं : प्रहरीले एक युवकलाई पेस्तोल र गोलीसहित कोटेश्वरबाट पक्राउ गरेको छ। राजधानीको कोटेश्वरबाट बिहीबार बिहान सुवास कार्की नामका युवक एक पेस्तोल र त्यसको पाँच राउन्ड गोलीसहित पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !