ग्यास उद्योगमा विक्रेताको धर्ना

ग्यास उद्योगमा विक्रेताको धर्ना

विराटनगर : कमिसन बढाउन माग राख्दै आन्दोलनमा उत्रिएका विराटनगरका ग्यास विक्रेताले सोमबारदेखि उद्योगमा धर्ना सुरु गरेका छन्।

चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको विक्री बन्द गरेर आन्दोलनमा उत्रिएका विक्रेताले दोस्रो चरणको आन्दोलन अन्तर्गत ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेका हुन्। एलपी ग्यास विक्रेता संघको अगुवाईमा भएको आन्दोलनमा आसपासका डिलरहरूले समेत समर्थन गरेका छन्।

संघ सम्बद्ध पदाधिकारीले सोमबार मोरङको बुढीगंगा गाउँपालिका हात्तिमुढास्थित कोशी ग्यास उद्योग अगाडि धर्ना सुरु गरेका छन्। आन्दोनलमा समर्थन र सहयोग गरिरहेको ग्यास विक्रेता महांसघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले भने, ‘साँझ ४ बजेसम्म दैनिक धर्ना दिने र यो अवधिमा उद्योगबाट ग्यासको आपूर्ति हुन नदिने रणनीति छ।’ उनले आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने पनि बताए।

श्रेष्ठका अनुसार विक्रेताले विगत १५ वर्षदेखि प्रतिसिलिन्डर ३५ रुपैयाँ कमिसनमा व्यवसाय गर्दै आएका छन्। लामो समयदेखि ग्यासको कमिसन बढाउन सरकार, नेपाल आयल निगम र स्वयम् उद्योगीले पनि चासो नदिएको विक्रेताको भनाई छ। यो अवधिमा महंगी बढे पनि ग्यास बिक्रेताको मागलाई भने बेवास्ता गर्ने काम भएको विक्रेताको आरोप छ।

श्रेष्ठ भन्छन्, ‘नत्र उद्योगीलाई राखेर वार्ता गरी सरकारले एकैक्षणमा हाम्रो मागको सम्बोधन गर्न सक्छ।’

ग्यास विक्रेताले प्रतिसिलिन्डर पाँच प्रतिशत कमिसन पाइनुपर्ने माग राखेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगर र ग्यास उद्योगी समक्ष आफ्नो मागपत्र पेश गर्दै उनीहरुले कमिसन बढाउन पहल गर्न ज्ञापन पत्रसमेत बुझाएका छन्।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले भने, ‘कमिसन बढाइने विषय सरकार, निगम र उद्योगी तथा विक्रेताबीचको छलफलबाट हुने भएकोले यहाँको समस्याबारे केन्द्रलाई जानकारी गराउने काम गरेका छौं।’ पौडेलले ग्यास विक्री ठप्प गर्नुभन्दा पनि उद्योगलाई दबाब दिनु र सरकारको ध्यानाकर्षण गर्नु नै उचित हुने बताए।

संघका अनुसार मोरङमा झापा, मोरङ र सुनसरीका उद्योगका करिब पाँचसय डिलर छन्। विराटनगर महानगरभित्र मात्र दुई सय डिलर छन्। विराटनगरमा दैनिक दुई हजार सिलिन्डर बिक्री हुन्छ। झापा, मोरङ र सुनसरीमा सञ्चालित ग्यास उद्योगको उत्पादनले पूर्वी क्षेत्रको माग धानेको छ।

उपभोक्ताको सुरक्षालाई ध्यानमा राख्दै गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन' मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्ने प्रक्रिया थाल्न लागेकै बेला मोरङमा ग्यास विक्रेता आन्दोलनमा उत्रिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.